उपाहार न्यूज
उदयपुर फागुन १७
प्रहरीको विशेष टोलीले उदयपुरको विभिन्न स्थानबाट अबैध काठ तथा सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिएको छ । प्राकृतिक स्रोत साधनहरुको अबैध रुपमा हुने चोरी निकासी नियन्त्रण गर्ने अभियान अन्तर्गत आईतबार साझ ५ बजे उदयपुरको बेलका नगरपालिका ९ बाट अबैध काठ बरामद गरेको हो ।
उदयपुरको बेलका न.पा. ९ जरायो खोला स्थित मदन भण्डारी राजमार्गमा पश्चिम बाट पुर्व तर्फ स. १ त. ७९१६ नं.को ट्याक्टरमा लोड गरी लगिदै गरेको अबस्थामा काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
प्रहरीले सुनसरी बराहा क्षेत्र न.पा. २ बयरवन बस्ने बर्ष ३६ की धनु राईले सुनसरी तर्फ लादै गरेको साल जातको फर्निचर लोबेड थान १,बक्स प्लङ थान १,आराम चियर थान १,बेन्च थान १ गरी एक लाख बराबरको सामान अबैधरुपमा ल्यादै गरेको भन्ने बिशेष सुचनाको आधार प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको प्रहरीले उक्त अबैध काठ, काठ धनि धनु राई , ट्याक्टर चालक बेलका नपा ९ बस्ने बर्ष २४ को कृष्ण बहादुर शाही ठकुरी र ट्याक्टर समेत नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिईएको काठ, ट्याक्टर र व्यक्तिलाई आवश्यक कार्बाहीको लागी सब डिभिजन बन कार्यालय उदयपुर रामपुर ठोक्सिलामा बुझाउन पठाइएको प्रहरीले जनाएको छ । यता त्रियुगा नपा ६ लालपत्तामा काठमाण्डौबाट गाईघाट तर्फ आउदै गरेको बा ४ ख ८६४३ नम्बरको बसलाई प्रहरी चौकी लालपत्ताबाट खटिएको बिशेष प्रहरी टोली चेक जाँच गर्दा अबैध रुपमा ल्याएको ६ बोरा कबिर सुर्ति फेला पारी नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी कर दाता सेवा कार्यालय गाईघाटमा जिम्मा लगाएको प्रहरीले जनाएको छ