Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुर प्रहरीबाट ठूलो परिणाममा गाँजा नियन्त्रणमा

  • उपहार न्युज
  • मंगलबार, माघ २७ २०७७
उदयपुर प्रहरीबाट ठूलो परिणाममा गाँजा नियन्त्रणमा

विश्वराज तामाङ
उदयपुर माघ २७
जिल्ला प्रहरी कार्यालय उदयपुरले हाल सम्मकै ठूलो परिणामा लागुऔषधिको रुपमा लिईने गाँजा नियन्त्रणमा लिएको छ । उदयपुरको कटारी नगरपालिका ८ सानो दमार स्थित सिद्धिचरण राजमार्गमा बेतेनी तर्फबाट आउदै गरेको स १ च ८०४ नम्बरको बोलेरोमा अदुवाको बोराले छोपेर ल्याईदै गरेको अबस्थामा गाँजा प्रहरीले नियन्त्रणमा लिएको हो । धनगढीमाई नगरपालिका १० जिरोमाइलका हस्त बहादुर पुलामी मगरका छोरा ४१ बर्षिय सन्त बहादुर मगरलाई एक सय २१ केजी गाँजा सहित नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय कटारीको विशेष टोलीले स्वीप अप्रेशन मार्फत गाँजा नियन्त्रणमा लिएको हो । यता त्रियुगा नगरपालिका ६ जलजलेबाट बिशेष प्रहरी टोलिले लहानबाट गार्इँघाट तर्फ आउदै गरेको सवारी साधन चेकजाँच गर्ने क्रममा डाइजेपाम २१ एम्पुल, फेनार्गन २१ एम्पुल, लुपिजेसिउ २१ एम्पुल गरि ६३ एम्पुल र २ वटा सिरिन्ज सहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिईएकाहरु त्रियुगा नगरपालिका १ का ३२ बर्षिय विदुर अधिकारी, त्रियुगा नगरपालिका १४ का २६ बर्षिय कुमार मगर, त्रियुगा नगरपालिका १३ का २५ बर्षिय सागर चौधरी, सुनसरी इटहरी २ का २५ बर्षिय अभिषेक जैसवाल, त्रियुगा नगरपालिका १२ का १५ बर्षिय राजाराम भगत र त्रियुगा नगरपालिका ११ का २६ बर्षिय असिम राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक भिम बहादुर दाहालले जानकारी दिनु भयो ।
यता सोमबार राती त्रियुगा नगरपालिका ११ का २६ बर्षिय बालकुमार बुढाथोकीलाई चोरी गरेको सामान सहित प्रहरीले पक्राउ गरिएको छ । त्रियुगा नगरपालिका १२ का राजकुमार श्रेष्ठ र रुपा खडेकाको घरबाट ल्यापटप, मोबाइल, सुन लगायतका सामाग्री सहित नियन्त्रणमा लिईएको हो ।
मंगलबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दै नियन्त्रणमा लिईकाहरुलाई चोरी तथा लागुऔषध ओसार पसार संबन्धि मुद्धा चलानी गरिने प्रहरी उपरिक्षक दाहालले बताउनु भयो ।

Last updated:2021 Feb 09 Tuesday 11:25:03

प्रतिक्रिया
सम्बन्धित समाचार