Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

सहाराको निःशुल्क स्वास्थ्य शिविर ६ सय ५० जनाले लिए सेवा

  • उपहार न्युज
  • शनिबार, माघ २४ २०७७
सहाराको निःशुल्क स्वास्थ्य शिविर ६ सय ५० जनाले लिए सेवा

उपाहार न्यूज
उदयपुर माघ २४
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले उदयपुरमा एक दिने निःशुल्क क्यान्सर, मुटु, गाइनो, नाक, कान, घाँटी र बाल रोग सम्वन्धि स्वास्थ्य शिविर सम्पन्न गरेको छ । सहारा नेपाल साकोस गाईघाट सेवा केन्द्र, पूर्वाञ्चल क्यान्सर अस्पताल विर्तामोड र विएण्डसी अस्पतालको संयुक्त आयोजना, जिल्ला अस्पताल उदयपुरको व्यवस्थापन सहयोगमा शिविर सम्पन्न भएको हो । शनिवार विहान एक कार्यक्रमका विच त्रियुगा नगरपालिकाका नगर प्रमुख वलदेव चौधरीले उद्घाटन गर्नु भएको शिविरमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरुको उपस्तिथीमा २ सय ३२ पुरुष र ४ सय १८ महिला सहित ६५० जनाले सेवा लिएको सहारा नेपालका अनुगमन अधिकृत महेश तामाङले जानकारी दिनु भयो ।

सहारा नेपालको पाँचथर, इलामा, झापा, मोरङ, सुनसरी, उदयपुर गरी ६ जिल्लामा ७ क्षेत्रीय कार्यालय र ७१ सेवा केन्द्र मार्फत बचत तथा ऋण लगानी लगायतका सेवा उपलब्ध गराउदै आएको छ । हाल सम्म एक लाख ४८ हजार सदस्य संख्या रहेको सहाराले आफ्ना बचतकर्ता सदस्यहरुलाई विभिन्न सुविधाहरु उपलब्ध गराउदै आएको संस्थाले जनाएको छ ।

सहारा आबद्ध सदस्यहरु मध्ये हाल सम्म २६ हजार सदस्यहरु जीवन वरदान बचत कार्यक्रममा सहभागी भएर विभिन्न अस्पतालहरुमा १० लाख सम्मको निःशुल्क उपचारमा समेत सहयोग गर्दै आएको सहारा नेपालका स्वास्थ्य युनिट प्रमुख भक्त बहादुर खड्काले बताउनु भयो ।
स्थापनाको २५ बर्ष पुरा गरेको सहाराले आफ्नो सेवा केन्द्र अन्य स्थानहरुमा समेत विस्तार गर्दै आफ्नो सेवालाई थप प्रभावकारी बनाएर अघि बढ्ने अनुगमन अधिकृत महेश तामाङले जानकारी दिनु भयो । स्वास्थ्य शिविरको उद्घाटनको क्रममा विएसि हस्पिटलका प्रबन्ध निर्देशक वीरेन्द्र कुमार यादव, जिल्ला अस्पताल उदयपुरका मेडिकल सुपरिडेन्टेन जीवनारायण मण्डल, त्रियुगा नगरपालिका नगर प्रमुख वलदेव चौधरी लगायतले शुभकामना मनतव्य व्यक्त गर्नु भएको थियो ।

Last updated:2021 Feb 06 Saturday 14:49:03

प्रतिक्रिया
सम्बन्धित समाचार