उपाहार न्यूज
उदयपुर माघ १६
उदयपुरको ताप्ली गाउँपालिकाको दुई वडा भवन निर्माण सम्पन्न भएको छ, निर्माण सम्पन्न भवनको एक समारोहका विच गाउँपालिका अध्यक्ष उद्धबसिंह थापाले उद्घाटन गर्नु भएको छ । मुलुकका अधिंकास स्थानिय तहहरु अस्थायी कार्यालय स्थापना गरेर संचालन गरिरहदा ताप्ली गाउँपालिकामा भने दुई वडा भवन निर्माण सम्पन्न भएको हो ।
बहुबर्षीय योजना अन्तर्गत २०७५/०७६ बाट गाउँपालिकाको वडा नम्बर १ ओख्ले र २ नम्बर वडा लेखगाउँको भवन निर्माण सम्पन्न भएको हो । कुल एक करोड १ लाख ९३ हजार ५ सय ८२ रुपैयामा भुस्नाम्छा निर्माण सेवा मार्फत निर्माण सम्पन्न भवनबाट अब दैनिक प्रशासनिक सेवा सुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामाले जानकारी दिनु भयो । गाउँपालिकाका अन्य तीन वडामा भने आफ्नै भवन रहेका छन् । यता स्थापनाकाल देखि स्थानिय विद्यालयको भवन गाउँपालिका संचालन गर्दै आएको ताप्ली गाउँपालिकाको दुई बर्ष भित्र भवन निर्माण हुने गरी काम भैरहेको अधिकृत तामाङले जानकारी दिनु भयो । कुल ६ करोड ५० लाख लागतमा दुई बर्ष भित्र निर्माण हुने गरी भवन निर्माण कार्य भैरहेको छ, हाल अस्थायी रुपमा स्थानिय विद्यालयमा पालिका संचालनमा रहेको छ ।