उपाहार न्यूज
उदयपुर माघ १५
सुरक्षित आप्रवासन परियोजना सामी ले प्रहरीहरु संग आप्रावासन सम्बन्धि असर तथा प्रभात न्यूनिकरण बिषयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । स्वदेशमा रोजागरी गरौ वैदेशिक रोजगारीमा जाने नै भए सहि सुचना लिएर र सीप सिकेर मात्रै जाऔ भन्ने उद्देश्यका साथ संचालित परियोजनाले जिल्ला प्रहरीहरुका माझमा अभिमुखीकरण गरेको हो ।
जिल्ला प्रशासन कार्यालय उदयपुरको कार्यक्रम हलमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मातहतका विभिन्न स्थानका प्रहरी अधिकृत तथा प्रहरीहरुको सहभागीता रहेको थियो । सूचना र सिपको अभावमा वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै जाँदा त्यसबाट हुन सक्ने संभावित घटना न्यूनीकरण गर्दै वैदेशिक रोजगारी तर्फको यात्रा सुरक्षित बनाउनका लागि संचालित परियोजनाले प्रहरी संगको समन्वयमा अभिमुखीकरण गरेको हो । कार्यक्रममा सामी परियोजनाका जिल्ला संयोजक जयन्तीकला तामाङ, सामी परियोजनका स्रोत व्यक्ति तथा त्रियुगा नगरपालिका सामाजिक विकास शाखा प्रमुख विश्वजीत राई, प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे, जिल्ला प्रहरी प्रमुख भिम बहादुर दाहाल, प्रहरी नायव उपरिक्षक वेद बहादुर गौतमले कार्यक्रममा सुरक्षित आप्रवासन संबन्धि बिषयहरुमा जानकारी प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा त्रियुगा नगरपालिका नगर प्रमुख वलदेव चौधरी, शसस्त्र प्रहरी वलका प्रमुख प्रहरी उपरिक्षक सुधिर सुवेदी लगायतको समेत सहभागीता रहेको थियो ।