Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

कौवाईमा एक दर्जन स्थानिय राप्रपा त्यागेर कांग्रेस प्रवेश

  • उपहार न्युज
  • मंगलबार, माघ १३ २०७७
कौवाईमा एक दर्जन स्थानिय राप्रपा त्यागेर कांग्रेस प्रवेश

उपाहार न्यूज
उदयपुर माघ १३
त्रियुगा नगरपालिका वडा नम्बर ७ कौवाईमा राप्रपा लगायत विभिन्न पार्टी परित्याग गरी एक दर्जन बढि स्थानियहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसको आयोजनामा कौवाईमा आयोजित कार्यक्रममा लामो समय देखि राप्रमा सक्रिय स्थानिय मिन बहादुर कार्की सहित १५ जना नेपाली कांग्रेस प्रवेश गरेका हुन् । कार्की स्थानिय विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तथा सामुदायीक वनका अध्यक्ष समेत हुन् । कार्की संगै स्थानियहरु चेत बहादुर राना, अम्बर मगर, कृष्ण घले, लिला माया घले, पूर्ण खत्री, भिम कुमारी बोहोरा, अमृत राउत, मदन राना, रेनुका बस्नेत, निर्मला समाल, रिता समाल, रेणुका बस्नेत, हरि बहादुर बस्नेत, नखम बस्नेत रहेका छन् । कौवाईमा मंगलबार आयोजित कार्यक्रममा नेपाली कांग्रेस उदयपुरका पूर्व पार्टी सभापती तथा प्रदेश सभा सदस्य हिमाल कार्की, कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सह सभापती बसन्तकुमार बस्नेत, त्रियुगा नगर सभापती सरोजकुमार बस्नेत, त्रियुगा नगरपालिकाका उप प्रमुख देवी चौधरी, त्रियुगा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष भिम बहादुर पुलामी, वडा नम्बर १० का वडाध्यक्ष प्रकास कुमार खड्का लगायतले नव प्रवेशीहरुलाई स्वागत गरेका थिए । कार्यक्रममा नव प्रवेशीहरुले कांग्रेस बाहेकका राजनैतिक दलहरु कहिले जुट्ने कहिले फुट्ने कहिल्यै स्थीर नहुने भएकाले दिगो र देशको लागि वर्तमान अबस्थामा नेपाली कांग्रेसको आवश्यक्ता रहेकाले पार्टी प्रवेश गरेको बताएका थिए ।

Last updated:2021 Jan 26 Tuesday 11:54:39

प्रतिक्रिया
सम्बन्धित समाचार