उपाहार न्यूज
उदयपुर माघ १२
सहारा नेपाल साकोस अनुगमन कार्यालय गाईघाटको बार्षिक समिक्षा सम्पन्न भएको छ । कोशि पुलमा रहेको चुला रेष्ट्रोमा अर्धबार्सिक समीक्षा तथा कर्मचारि बनभोज कार्यक्रम सम्पन्न भएको हो । उदयपुर र सुनसरिका अनुगमन अन्तर्गत रहेका ९ वटा सेवा केन्द्रका ५३ जना कर्मचारि हरु सहभागि सो समिक्षा अनुगमन प्रमुख महेश तामाङको अध्यक्षता र केन्द्रीय कार्यालय का बरिस्ठ प्रबन्धक मुकुन्दसेन कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
कार्यक्रमको उद्घाटन व्यानर बाचन गर्दै कार्यक्रमका प्रमुख अतिथि कार्कीले गरेका थिए, साहाराका कार्यकारी प्रमुख महेन्द्र कुमार गिरीको शुभकामना सन्देश समेत वाचन गरिएको थियो ।
प्रमुख अतिथि कार्र्कीले समिक्षाको मुल्याङकन गर्दै सेवा केन्द्र तथा कर्मचारि हरुलाई आवस्यक सुझाब र निर्देसन सगै उत्प्रेरणा प्रदान गर्नु भएको थियो । अनुगमन प्रमुख महेश तामाङले ६ महिनाको लक्ष्य प्रगति प्रस्तुति सगै तन मन वचन बाट प्रतिबद्ध भई लक्ष्य प्राप्तिको लागि पर्न जोड दिनु भयो । लक्ष्यको लागि नभई आफ्नो र संस्थाको प्रगति को लागि भएकोले नपुग लक्ष्य बाकि ६ महिनामा पूरा गर्न अनुरोध गर्नु भयो । अनुगमन प्रमुख तामाङले हरेक कर्मचारिले आ आफनो लक्ष्य पूरा गर्न सके सेवा केन्द्र,अनुगमन कार्यालय र समग्र संस्थाको लक्ष्य हासिल हुने भएको साथै गाईघाट लाई अन्य अनुगमन कार्यालय भन्दा उत्कृस्ट बनाउन लक्ष्य पूरा गर्ने पर्ने बारे ध्यानाकर्षण गराउनु भयो । अर्धबार्षिक अवधिमा कार्य सम्पादन को आधारमा उत्कृस्ट ७ जना कर्मचारिलाई पुरस्कृत गरिएको थियो भने उत्कृस्ट नतिजा हासिल गर्ने ५ वटा सेवा केन्द्रलाई नगद तथा प्रशंसा पत्र द्वारा सम्मान गरिएको थियो । सम्मानित हुने सेवा केन्द्र हरुमा बचत तर्फ तरहरा,ऋण तर्फ गाईघाट,सदस्य तर्फ नेपालटार, १००% ब्याज असुलि तर्फ झुम्का एवम समग्र लक्ष्य हासिल गरेको आधारमा धरान सेवा केन्द्र उत्कृस्ट भएका थिए । कर्मचारिहरु बिच विभिन्न रमाईला खेलकुद,नाचगान र चिठठा कार्यक्रम समेत आयोजना गरिएको सो बनभोजमा उदयपुर र सुनसरिका कर्मचारि बिच भएको डोरि तान्ने खेल कडा प्रतिस्पर्धामा सुनसरिले जित हासिल गरेको थियो । बिदुर रेग्मिले संचालन र एन्जिला श्रेस्ठले स्वागत गर्नु भएको सो कार्यक्रममा केन्द्रीय कार्यालय आन्तरिक लेखा परिक्षण बिभाग बाट तेजनाथ गौतम ,खडग पौडेल को समेत उपस्थिति रहेको थियो ।
१००% लक्ष्य हासिल नभएपनि कोभिड १९ संक्रमण पछि को ६ महिनाको अवधिमा सहारा नेपाल साकोस अनुगमन गाईघाटले ६ करोड ६० लाख भन्दा बढि बचत र ९ करोड ६० लाख भन्दा बढि कर्जा वृद्धि गर्न सफल भएको छ । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहि सहारा नेपाल साकोसले प्रदेश नं १ को ६ जिल्लामा ६८ वटा सेवा केन्द्र,७ वटा अनुगमन कार्यालय मार्फत करिब १ लाख ४८ हजार शेयर सदस्य लाई सेवा पुर्याउदै सदस्य संख्याको आधारमा देशकै ठुलो सहकारी संस्थाको रुपमा परिचित रहेको छ । चालू आ.ब भित्रै ओखलढुङगा,खोटाङ ,धनकुटा, तेह्रथुम र ताप्लेजुङमा सेवा बिस्तार गर्ने योजना रहेको सहाराको भबिस्यमा १ नं प्रदेश भरी कार्यक्षेत्र बिस्तार गर्ने सोच रहेको संस्थाका अनुगमन अधिकृत महेश तामाङले जानकारी दिनु भयो ।