Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

बोक्सेमा १३० को स्वास्थ्य परिक्षण, २८ ले गरे रक्तदान

  • उपहार न्युज
  • शनिबार, माघ १० २०७७
बोक्सेमा १३० को स्वास्थ्य परिक्षण, २८ ले गरे रक्तदान

उपाहार न्यूज
उदयपुर माघ १०
सुखायु आयुर्वेद अस्पताल प्रा.लि उदयपुरको प्राविधिक सहयोग तथा फ्युजन फुटवल क्लब बोक्सेको आयोजनामा त्रियुगा नगरपालिका वडा नम्बर १० बोक्सेमा एक दिने निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको छ । बोक्से स्थित खसी बजारमा आयोजित स्वास्थ्य परिक्षण तथा रक्तदान कार्यक्रममा स्थानिय नागरिकले लाभ उठाएका छन् । शनिवार आयोजित कार्यक्रममा १३० जनाले स्वास्थ्य परिक्षण गराएका छन्, रक्तदान कार्यक्रम समेत आयोजना गरिएकोमा २८ जनाले रक्तदान गरेको योङ स्प्रीटका अध्यक्ष सरोज श्रेष्ठले बताए । गाईघाटमा विगत एक बर्ष देखि निरन्तर संचालन हुदै आएको अस्पतालले नागरिकलाई घर घरमानै सुविधा उपलब्ध गराउने उद्देश्यका साथ स्वास्थ्य परिक्षण कार्यक्रम आयोजना गरेको बताएको छ । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस उदयपुर ब्लड बैंकले प्राविधिक सहयोग गरेको थियो ।
कार्यक्रमको उद्घाटन शत्रमा प्रमुख अतिथि त्रियुगा नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष प्रकासकुमार खड्का, त्रियुगा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष रमेश विश्वकर्मा, सुखायु अस्पतालका अध्यक्ष खेमनारायण यादव राहुल, त्रियुगा मिडिया ग्रुपका अध्यक्ष विश्वराज तामाङ, नव समृद्धि टोल विकास संस्थाका अध्यक्ष डिल्लीनारायण श्रेष्ठ लगायतले कार्यक्रममा सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम आयोजना तथा सफल पार्नका लागि सहयोग पु¥याउने सबैलाई आयोजक फ््युजन फुटवल क्लबका अध्यक्ष ज्ञानेन्द्र मगरले धन्यवाद व्यक्त गरेका छन् ।

Last updated:2021 Jan 23 Saturday 14:58:26

प्रतिक्रिया
सम्बन्धित समाचार