Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

उदयपुर जेसिजको १० औ पदस्थापन कार्यक्रम सम्पन्न

  • उपहार न्युज
  • शनिबार, पुष २५ २०७७
उदयपुर जेसिजको १० औ पदस्थापन कार्यक्रम सम्पन्न

उपाहार न्यूज
उदयपुर पौष २५
कि शासन व्यक्तिको होइन, विधिको हुनु पर्छ भन्ने मुल मान्यता राख्दै आएको युवाहरुको संस्था उदयपुर जेसिजको १० औ पदस्थापन कार्यक्रम शनिबार गाईघाटमा सम्पन्न भएको छ । सन् २०२१ को लागि गठित समितिको पदस्थापन कार्यक्रम एक समारोहका विच गाईघाट स्थित होटल टाउन हलमा सम्पन्न भएको हो । बर्ष २०२१ का लागि अध्यक्ष पदमा यस अघि सम्पन्न अधिवेशनले सर्मिला थापा (सबु) लाई अध्यक्षमा निर्वाचित गरेको थियो । थापा नेतृत्वको उदयपुर जेसिजका समितिलाई बैधानिकता दिन पदस्थापन कार्यक्रम आयोजना गरिएको हो । पदस्थापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीले जेसिज युवाहरुको आस्थाको केन्द्रविन्दु भएकाले यहाँबाट युवाहरुको नेतृत्व र व्यक्तित्व विकास हुनेमा आफु ढुक्क रहेको बताउनु भयो ।
उहाँले उदयपुर जेसिज मार्फत युवाहरुलाई एकताको शुत्रमा बाध्न आग्रह गर्नु भयो, वर्तमान राजनैकित अबस्थामा विधि र विधान विपरित संचालन भैरहदाँ जेसिजको आशा विधिको शासन र संस्कार सबैले सिक्न जरुरी रहेको उहाँले बताउनु भयो ।
कार्यक्रममा त्रियुगा नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष प्रकास कुमार खड्का, १२ का वडाध्यक्ष जयविक्रम राई, राष्ट्रिय उपाध्यक्ष जेसिआई सेनेटर अरुण दाहालले नवगठित सम्पूर्ण समितिलाई शुभकामना तथा बधाई ज्ञापन गर्नु भएका थियो ।

कार्यक्रममा संस्थापक अध्यक्ष मदनराज कटुवालले स्वागत मनतव्यको क्रममा जेसिजमा युवाहरुको आकर्षण दिन प्रतिदिन बढ्दै गएकाले अझ सुदृढ ढंगले संस्थालाई अघि बढाउनका लागि आग्रह गर्नु भयो ।
उदयपुर जेसिज बर्ष २०२१ का लागि कार्यकारी उपाध्यक्षमा संगीता घिमिरे, इश्वरमान राई उपाध्यक्षहरुमा ज्वाला टिंकि चौधरी, बादल खतिवडा, पवन राउत र सुरज साह रहेका छन् । अध्यक्षबाट मनोनित महासचिव विष्णु कार्की, कोषाध्यक्ष नविता यादव, कानुनी सल्लाहकार सौगात केसी, जनसम्पर्क प्रमुख तारा बहादुर खड्का, संचार संयोजक विश्वराज तामाङ, सह कोषाध्यक्ष मनोज गुप्ता, तालिम संयोजक मिथुन ठाकुर, मेडिकल कमिस्नर ब्रम्हदेव महत्व, थिम डाईरेक्टर अनिसा बुढाथोकी, युवा संयोजक सिताराम कार्की, कोष संयोजनमा नितान्त थापा, बजार व्यवस्थापकमा अमर ठाकुर रहेका छन् । बर्ष २०२१ मा उदयपुर जेसिजलाई रचनात्मक ढंगले अघि बढाउने उदयपुर जेसिजका नवनिर्वाचित अध्यक्ष सबु थापाले बताउनु भयो । कार्यक्रममा बर्ष २०२० का अध्यक्ष ललित नायकले कार्यक्रममा सहभागी अतिथिहरुलाई मायाको चिनो सहित सम्मान गरेका थिए ।

Last updated:2021 Jan 09 Saturday 12:53:08

प्रतिक्रिया
सम्बन्धित समाचार