Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

बालमन्दिर मावि बोक्सेमा विद्यालय व्यवस्थापन र शिक्षक अभिभावक संघ गठन विव्यसमा प्रकास खड्का अध्यक्ष

  • उपहार न्युज
  • शुक्रबार, पुष २४ २०७७
बालमन्दिर मावि बोक्सेमा विद्यालय व्यवस्थापन र शिक्षक अभिभावक संघ गठन विव्यसमा प्रकास खड्का अध्यक्ष

उपाहार न्यूज
उदयपुर पौष २४
बालमन्दिर माध्यमीक विद्यालयको व्यवस्थापन समितिमा चौथो पटक अध्यक्ष पदमा सर्वसहमतीका साथ प्रकास कुमार खड्का चयन भएका छन् । शुक्रबार एक कार्यक्रमका विच बाल मन्दिर माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारीहरुलाई शुभकामना तथा बधाई कार्यक्रम आयोजना गर्दै सर्वसहमतीका साथ निर्वाचित समितिको नामवली घोषणा समेत गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका सदस्यहरुमा ओम बहादुर खड्का, मैया खड्का खत्री, चन्द्र बहादुर विक, रामकुमार पौडेल, रीता आलेमगर, उर्मिला विक, हीराकृष्ण पोख्रेल र सदस्य सचिवमा विद्यालयका प्रध्यान्ध्यापक जंग बहादुर खड्का रहेका छन् ।
त्यसैगरी शिक्षक अभिभावक संघको अध्यक्षमा रामकुमार पौडेल सदस्यहरुमा धन बहादुर मगर, चम्पसेर राई, टिका घले, शान्ता खत्री, कमला पोखरेल, सुस्मा आचार्य, तुलसीमाया अधिकारी, रीता विक रहेका छन् । यता नवगठित आमा समुहरुमा भीमा लक्ष्मी लयालु, तारा विक, सोनु राई, पञ्चदेवी राई, सुशीला शेर्पा, शारदा राई, भगवती पोख्रेल र उर्मिला खड्का रहेका छन् ।
कार्यक्रममा त्रियुगा नगरपालिका प्रमुख वलदेव चौधरी, अभिभावक खम्बराज खत्री, पूर्व विद्यार्थी समाजका अध्यक्ष विश्वराज तामाङ, शिक्षा विकास तथा समन्वय इकाइ उदयपुरका प्रमुख केदार कुमार गिरी, त्रियुगा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख एक बहादुर राउतले नवगठित समितिलाई सफलताको शुभकामना दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार