Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

सानिमा लाईफ ईन्सुरेन्सद्धारा अभिकर्ता भेटघाट कार्यक्रम सम्पन्न

  • उपहार न्युज
  • शुक्रबार, पुष २४ २०७७
सानिमा लाईफ ईन्सुरेन्सद्धारा अभिकर्ता भेटघाट कार्यक्रम सम्पन्न
????????????????????????????????????

उपाहार न्यूज
उदयपुर पौष २४
सानिमा लाईफ इन्सुरेन्स गाईघाट शाखाले आफ्ना विमा अभिकर्ताहरुको क्षमता विकास गर्ने उद्देश्यले अभिकर्ता भेटघाट तथा पुनर्ताजगी तालिम सम्पन्न गरेको छ । गाईघाट शाखाको आफ्नै कार्यक्रम हलमा आयोजित कार्यक्रममा दुई दर्जन बढि विमा अभिकर्ताहरुको सहभागीतामा आयोजित कार्यक्रममा सानिमा लाईफ ईन्सुरेन्सका प्रदेश प्रमुख जीतेन्द्र क्षेत्री, धरान शाखा प्रमुख महेन्द्र राईले विमाको महत्व तथा सानिमा लाईफ ईन्सुरेन्सद्धारा जारी विमा पोलेसिहरुको बिषयमा जानकारी दिनु भएको थियो ।

एक दर्जन बढि पोलेसिहरु मार्फत विमाको सेवा दिदै आएको सानिमा लाईफ ईन्सुरेन्स दुई बर्ष देखि गाईघाटमा शाखा संचालन गर्दै आएको छ । कार्यक्रममा सानिमा लाईफ इन्सुरेन्सका एजेन्सी म्यानेजर विश्वराज तामाङले विमाको महत्व तथा आवश्यक्ताको बिषयमा आफ्ना धारणाहरु राख्नु भएको थियो । सानिमा लाईफ इन्सुरेन्सले विभिन्न पोलेसि मार्फत नागरिकहरुको विमा गराउदै आएकाले यसलाई अझ व्यापक बनाउदै अघि बढ्ने गाईघाट शाखाका प्रबन्ध सन्तोषकला तामाङले बताउनु भयो ।

Last updated:2021 Jan 08 Friday 14:56:49

प्रतिक्रिया
सम्बन्धित समाचार