उपाहार न्यूज
उदयपुर पौष २२
प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपीशर्मा ओली समूहका युवा बिद्यार्थीले बुधबार उदयपुरको सदरमुकाम गाईघाटमा शक्ति प्रदर्शन गरेको छ ।
जिल्लाका विभिन्न ठाउँबाट गाडी रिर्जभ र मोटरसाईकलमा आएका युवा बिद्यार्थीले प्रधानमन्त्रीको कदम स्वागतयोग्य भएको भन्दै प्रर्दशन गरेका हुन् । पार्टी विवाद सुरु भएयता दाहाल–नेपाल समूहका नेता कार्यकर्ताहरुले पटक–पटक प्रदर्शन गरेपनि ओलीसमूहको भने यो पहिलो प्रदर्शन थियो ।
यसअघि गाउँ–गाउँमा संगठन बिस्तार गर्दै हिडेको ओली समुहले बुधबार प्रधानमन्त्री ओलीको संसद विघटनको कदमको समर्थनमा त्रियुगा, चौदण्डिगढी, बेलका र कटारी नगरपालिकाका झण्डै दुई हजार युवा बिद्यार्थीलाई प्रर्दशनमा उतारेको हो । सदरमुकाम गाईघाटको लोकतान्त्रिक चौकबाट निकालिएको र्याली टाउन पार्टीप्यालेसमा पुगि सभामा परिणत भएको थियो ।

सभालाई राष्ट्रिय युवा संघका संहसंयोजक रमेश पौड्ेल, अनेरास्ववियुका उपाध्यक्ष शैलेश लामा लगायतका नेताहरुले बोलेका थिए । जिल्ला भेलालाई प्रमुख अथितिको रूपमा नेकपा केन्द्रिय सदस्य तथा युवा संघ नेपालका सह संयोजक रमेश पौडेल र बिषेश अथितिको रूपमा नेकपा केन्द्रिय सदस्य तथा अनेरास्ववियूका नेता शैलेश लामा लगायतले सम्बोधन गरेका छन ।

भेलालाई सम्बोधन गर्दै प्रमुख अथिति पौडेलले प्रचण्डलाई प्रधानमन्त्रि हुने लोभ, माधव नेपाललाई अध्यक्ष र झलनाथ खनाललाई राष्टपति हुने लोभ र रहरका कारण अहिले अवस्था सिर्जना भएको भन्दै त्यस बिरूद केपि ओलि संसद बिघटन गरेको दावि गरे गरे ।
स्थिर सरकारको पक्षमा जनता सामु मत मागेर झन्डै दुई तिहाईको बहुमत प्राप्त गरेको भएपनि त्यस बिरूद पाटिकै नेताहरू लागेको भन्दै पौडेलले नेताहरूको चर्काे बिरोध गरे ।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्रि केपि शर्का ओलि ले लिप्युधारा लुपुलेक र कालापानिको नक्सा सार्वजानिक गरे संगै राष्टवादि छवि बनाईको, प्रधानमन्त्रि लोकप्रिय हुने देखेको र त्यस प्रति आत्तिएका नेताहरूको कारण अहिले अवस्था सिर्जना भन्दै त्यसका बिरूदमा लाग्न युवातथा बिध्यार्थिहरूलाई सह संयोजक पौडेलले आग्रह गरे ।

दाहाल–नेपाल समूहले आफ्नै दलका प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न र संसदीय दल टुक्राउन खोजेकाले पार्टी फुटको अवस्थामा आएको भन्दै पाटि फुटको सम्पुर्ण दोस प्रचण्ड र नेपालले लिनु पर्ने बताए ।

सूर्य चुनाव चिह्नमा दाबी गर्ने प्रचण्डको नैतिक आधार नै नभएको भन्दै पौडेलले सूर्य हाम्रो भएको र आधिकारीक पाटि पनि आफुहरू नै भएको दावि गरे । पौडेलले चौतर्फि घेराबन्दि र जनताले प्रत्यक्ष अनुभुति हुने काम गर्न नदिएका कारण प्रधानमन्त्री ओलीले ताजा जनादेशमा जाने इच्छा गर्नु भएको हुदाँ बैशाखमा जुनसुकै हातलमा पनि चुनाव हुने हुदाँ पाटिले खटाएको क्षेत्रहरूमा लाग्न र आफ्ना नेतालाई चुनाव जिताउन युवा र बिध्यार्थिलाई आग्रह समेत गरे । यस्तै कार्यक्रमलाई संवोधन गर्दै बिषेश अथिति शैलेश लामाले आफुले नेतृत्व गरेको संगठन नै नेपाली विधार्थी आन्दोलनको मुल प्रवाह रहेको भन्दै ढुक्क भएर बिध्यार्थि आन्दोलनमा लाग्न आग्रह गरे । नेता लामाले नेकपामा देखिएको विवादले विधार्थी संगठनमा समेत अराजकता हावी भएको भन्दै उनले प्रगतिशिल विधार्थीलाई अलमलमा नपर्न आग्रह गरे ।
अराजकता, अनुशासनहीन र दलालीहरुले अनेरास्ववियूको इतिहासलाई बद्नाम गर्न खोजेको भन्दै त्यस बिरूद्द लाग्न सवै बिध्यार्थिहरूलाई लामाले आग्रह गरे । लामाले अनरोस्ववियूले बिषेश परिस्थिति बाहेक टायर बाल्ने, चक्काजाम गर्ने, बन्द अवरोध गर्ने लगायत सडक आन्दोलन त्यागेको भन्दै बिध्यार्थिहरूको हितमा मात्र काम गर्न बिध्यार्थिहरूलाई आग्रह गरे ।
संसद बिघटन गर्नुको मुख्य दोसि प्रचन्ड र माधव नेपाल भएको भन्दै केपिको वलि बच्नु भनेको नेपाल बच्नु हो त्यस कारण बिध्यार्थिहरूले केपि वलिको बिचार र.उहाले देश, बिकास जनताका लागि गरेको कामको प्रचार गर्न पछि पर्न.नहनुे पनि बताए । उनले केपी ओली नेतृत्वको पार्टी नै मुल पार्टी हुने र.सुर्य चिन्ह आफुहरूले पाउने दावि गर्दै सबै बिध्यार्थिहरूलाई यहि कुरा जनता सामु लैजान समेत आग्रह गरे ।
भेलामा उदयपुरबाट नेकपा केन्द्रिय सदस्य बन्नु भएका नेताहरू मणि पौडेल, बिमल कार्की, ज्ञानेन्द्र श्रेष्ठ, दुर्गा कुमार थापा, अम्बिका थापा, कला घले, नेकपा जिल्ला संयोजक प्रमेश्वर मिघिरे, सचिव कुशल बाबु बस्नेत, लगायत ओली समुहका नेता तथा कार्यकर्ताहरुको उपस्तिथी रहेको थियो । कार्यक्रमको अध्यक्षता युवा संघका केन्द्रिय सदस्य मन्दिप राई र कार्यक्रम संचालन अनेरास्वियुका नेता भुवन दाहालले गरेका थिए ।