अनिसा परियार
उदयपुर पौष २१
लिम्चुङबुङ गाउँपालिका उदयपुरले आर्थिक बर्ष २०७६/०७७ को बार्षिक समिक्षा तथा आर्थिक बर्ष २०७७/०७८ को पहिलो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गत बर्षको बार्षिक समिक्षा तथा पहिलो चौमासिक अवधिको सार्वजनिक सुनुवाई गर्ने लिम्चुङबुङ उदयपुरको पहिलो स्थानिय तह समेत बन्न पुगेको छ । सोमबार एक कार्यक्रमका विच गाउँपालिका केन्द्र बराहमा स्वास्थ्य चौकी भवनमा स्थानिय नागरिक, राजनैतिक दल, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी, पत्रकार, सुरक्षाकर्मीको बाक्लो उपस्तिथीमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।

राष्ट्र र समाजको लागि योजना र कार्य (पानस) को सहजीकरणमा आयोजित कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टार्जन कुमार लिम्बुले गत आर्थिक बर्ष २०७६/०७७ को बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत गरिएको प्रतिवेदनमा गाउँपालिकाले पूर्वाधार विकास तथा विभिन्न क्षेत्रमा उल्लेखिय प्रगति हासिल गरेको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कोभिड १९ का गाउँपालिकाको नियमीत कामहरुमा बाधा भए पनि गाउँपालिकाले सम्पादन गर्नु पर्ने कामहरुमा कुनै कमी नभएको अधिकृत लिम्बुले बताउनु भयो । उहाँले चालु आर्थिक बर्षको पहिलो चौमासिक अवधिको सम्पादित कामको प्रगति विवरण समेत प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा गाउँपालिकाका लेखा अधिकृत तथा सूचना अधिकारी ताराकिरण राईले गत आर्थिक बर्ष तथा पहिलो चौमासिक अवधिको वित्तिय प्रवगति प्रतिवेदन समेत प्रस्तुत गर्नु भएको थियो ।

लिम्चुङबुङ गाउँपालिकाको पहिलो चौमासिक अवधिको सार्वजनिक सुनुवाई दोस्रो चौमासिक अवधिमा गर्दै गर्दा सहजीकरण गर्ने संस्था पानस उदयपुरले स्थलगत रुपमा गरेको अध्यान सहितको प्रतिवेदन समेत कार्यक्रममा प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा स्थानिय नागरिकहरुले गाउँपालिकाले प्रस्तुत गरेको प्रतिवेलदन तथा कार्य सम्पादनको बिषयमा विभिन्न जिज्ञासा तथा सुझाबहरु राखेका थिए । गाउँपालिका उप प्रमुख रमिला राईले स्वागत गर्नु भएको कार्यक्रममा नेकपा लिम्चुङबुङ गाउँपालिका सचिव झनक विश्वकर्मा र नेपाली कांग्रेस उदयपुरका पूर्व जिल्ला उप सभापती गोविन्द चामलिङले गाउँपालिको गरेको कामको बिषयमा नागरिकहरु सामु सार्वजनिक गरिनु आफैमा राम्रो काम भएको बताउनु भयो ।
वक्ताहरुले विभिन्न सामाजिक संजाल तथा चोक चौतारामा गाउँपालिकाका बिषयमा नरकरात्मक टिका टिप्पणी हुने भए पनि गाउँपालिकाको प्रतिवेदनबाट सबै छर्लङ भएको बताउनु भयो । उहाँहरुले गाउँपालिकाले पूर्वाधार विकास तथा पालिका संचालनमा गरेको कामको प्रशंसा समेत गर्नु भएको थियो ।

राजनैतिकरुपमा यो वा त्यो नभनी स्थानिय सरकारले गरेको काम प्रभावकारी भएको आफुहरुको ठम्याई रहेको समेत बताउनु भयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष मेजर कुमार राईले गाउँपालिका सबै आफ्ना नागरिकहरु प्रति उत्तरदायी र जिम्मेबार भएर लागेको बताउनु भयो । उहाँले पार्दर्षिता र जवाफदेहिताको सन्दर्भमा पालिका स्पष्ट भएर अघि बढेकाले पालिकाको काम प्रति कुनै शंका नराख्न नागरिकहरु समक्ष आग्रह गर्नु भयो । उहाँले पालिकाले कृषि तथा पर्यटनलाई मुख्य आधारशिला मान्दै पूर्वाधार विकासमा पालिकाले जोड दिएको बताउनु भयो । कृषिमा आत्मनिर्भर बनाउदै व्यवसायीक खेती तर्फ कृष्कहरु उत्साहित भएर अघि बढेको उहाँले बताउनु भयो, पर्यटकीय क्षेत्रको विकासका लागि गाउँपालिकाले विभिन्न संभाव्यता अध्ययान देखि कामहरु गरिरहेको बताउनु भयो । चालु आर्थिक बर्षबाटनै बिजुली विस्तार देखि गाउँ गाउँमा सडक पु¥याउन पालिकाले प्रगति हासिल गरेको अध्यक्ष राईले बताउनु भयो । स्वास्थ्य, शिक्षा, खानेपानी लगायतका क्षेत्रमा समेत पालिकाबाट विभिन्न योजनाहरु निर्माण गरेर काम गरि रहेको अध्यक्ष राईले जानकारी प्रस्तुत गर्नु भएको थियो ।