Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

विपद व्यवस्थापन तथा कोभिड १९ संम्बन्धि समिक्षा सम्पन्न

  • उपहार न्युज
  • बिहिबार, पुष १६ २०७७
विपद व्यवस्थापन तथा कोभिड १९ संम्बन्धि समिक्षा सम्पन्न

उपाहार न्यूज
उदयपुर पौष १६
जिल्ला विपद व्यवस्थापन समितिको आयोजनामा सरोकारवालाहरु विच विपद व्यवस्थापन तथा कोभिड १९ संबन्धि जिल्ला स्तरीय समिक्षा सम्पन्न भएको छ । अमेरीकन रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाईटी उदयपुरको सहयोगमा आयोजित समिक्षा कार्यक्रममा जिल्ला विपद व्यवस्थापन समिति उदयपुरले हाल सम्म विपद व्यवस्थापन तथा कोभिड १९ को रोकथामको लागि जिल्ला तहमा गरिएको कार्यक्रमहरुको बिषयमा समिक्षा गरिएको थियो । कार्यक्रममा जिल्ला विपद व्यवस्थापन समिति, नेपाल रेडक्रस सोसाईटी, जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुर तथा जिल्ला स्थानिय तहहरुले संचालन गरेको कार्यक्रमहरुको बिषयमा जानकारी सहितको प्रस्तुती राखिएको थियो । कार्यक्रममा चौदण्डिगढि नगरपालिका उदयपुरले विपद व्यवस्थापन तथा प्रतिकार्यका लागि बनाएको प्रतिकार्य योजना प्रमुख प्रशासकीय अधिकृत ध्रुब राज आचार्यले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका सूचना अधिकारी लौकाजी राईले जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरबाट कोभिड १९ को रोकथामको लागि गरिएको प्रयासहरुको बिषयमा जानकारी दिनु भयो ।
जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका अनुसार जिल्लामा हाल सम्म ८ हजार पाँच सय चालिस पिसिआर टेष्ट गरिएको जस मध्य २७६ संक्रमित फेला परेको र संक्रमित सबै ठिक भैसकेको तथ्यांक प्रस्तुत गर्नु भएको थियो ।
यता नेपाल रेडक्र सोसाईटी उदयपुरका सभापती विनोद कुमार बस्नेतले बर्षेनी विपद पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण भए पनि प्रभावकारी कार्यान्वनको लागि सबै पक्ष लागि पर्नु पर्ने बताउनु भयो । सभापती बस्नेतलले नेपाल रेडक्रस सोसाईटीले कोभिड १९ को क्रममा विभिन्न करेनटाइनहरुमा गैरखाद्य सामाग्रीहरु सहयोग गर्दै रोकथाममा लागि परेको बताउनु भयो ।
युनिसेफको सहयोगमा नेपाल रेडक्रस सोसाईटीमा कोभिड १९ का लागि संचालित ६ महिने परियोजना मार्फत त्रियुगा नगरपालिका स्तरीय कोभिड पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण, त्रियुगा नगरपालिकाका १६ वटै वडामा एक्सन टिम गठन तथा परिचालनको कार्यक्रम सम्पन्न भएको सभापती बस्नेतले जानकारी दिनु भयो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख भिम बहादुर दाहालले प्रहरीले पनि विपद व्यवस्थापनको लागि आफ्नो जनशक्तिहरु परिचालन गर्नका लागि तयारी अबस्थामा रहने गरेको बताउनु भयो ।
कार्यक्रममा जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले विपद व्यवस्थापनको लागि जिल्लाका सबै पक्षको सहकार्य र समन्वय आवश्यक्ता रहेको औल्याउनु भयो । कार्यक्रममा जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्ग परियार, त्रियुगा नगरपालिका प्रमुख बलदेव चौधरी, चौदण्डिगढि नगरपालिका प्रमुख खगेन्द्र राई, लिम्चुङबुङ गाउँपालिका प्रमुख मेजर राई, रौतामाई गाउँपालिका प्रमुख गजेन्द्र खड्काले विपद व्यवस्थपनको क्षेत्रमा आफ्नो क्षेत्रबाट सकरात्मक सहकार्य र समन्वय गरेर अघि बढ्ने बताउनु भएको थियो । कार्यक्रममा हुरण्डेक उदयपुर अध्यक्ष शंखर थापा, जाल्पा एकिकृत विकास समाजका अध्यक्ष पुष्पराज पोख्रेल, गैसस महासंघ केन्द्रिय सल्लाहकार सृजना दनुवार, त्रियुगा मिडिया ग्रुप अध्यक्ष विश्वराज तामाङ, नेपाली कांग्रेसका नेता भुपेन्द्र थापा लगायतले सुझाब राखेका थिए ।

Last updated:2020 Dec 31 Thursday 14:51:44

प्रतिक्रिया
सम्बन्धित समाचार