उपाहार न्यूज
काठमाण्डौ पौष ९
नेपाली कांग्रेसका केन्द्रिय सदस्य, पूर्व मन्त्री तथा उदयपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सांसद डा. नारायण खड्काले पछिल्लो समय विकसित राजनैतिक घटनाक्रम बारे आफ्नो स्पष्ट धारणा रहेको बताउदै आउनु भएको छ ।
बिहिबार बिहान उपाहार न्यूज संगको फोनवार्तामा उहाँले प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी ओलीले संसद विघटन गर्ने काम असंवैधानिक र निरंकुश कदम विरोध गर्नु पर्ने बताउनु भएको छ । देशलाई अस्थिर बनाउनका लागि भएको यस किसिमको कदम गैरजिम्मेवारीपूर्ण रहेको बताउनु भएको छ । ओलीले असंवैधानिक तरिकाबाट संसद विघटन गरेको प्रति यतिवेला देशव्यापीरुपमा भैरहेको विरोध प्रति आफ्नो पनि पूर्ण समर्थन रहेको बताउनु भयो ।
केहि मिडियाहरुमा अब चुनावी तयारीमा जुट्नु पर्ने बिषयमा आफुले राखेको धारणाहरु व्यक्तिगत धारणा रहेको बताउदै उहाँले सडक संघर्ष संगै अब मुलुक निर्वाचन तर्फ लागे त्यसको तयारीमा समेत जुट्नु पर्ने बताउनु भएको छ । नेपाली कांग्रेस केन्द्रिय समितिले पछिल्ला राजनीतिक घटनाक्रमहरुमा कसरी अगाडी बढ्ने भन्ने रणनीति तयार गर्न केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा बोल्दै केन्द्रीय सदस्य तथा साँसद खड्काले कांग्रेसले पहीलो उत्तम विकल्पस सर्वोच्चको निर्णयलाई स्विकार्ने, अदालतले प्रम ओलीको विघटनको निर्णय असंवैधानिक ठहर गरे संसद स्वत पुनर्स्थापित हुन्छ यो स्वागत योग्य छ । अदालतले संवैधानिक ठहर गरे लोकतांत्रिक दलले निर्वाचनमा जानुको विकल्प नरहने बताउनु भयो ।
त्यसैगरी उहाँले आफ्नो धारणा राख्ने क्रममा आन्दोलनको उदेश्य के हो, के यस्ले संसद व्युताउन्छ ? जन दवाव कस्लाई दिने राष्ट्रपतिलाई ? के उनी संग राजकीय सत्ताको शक्ति छ, पूर्व राजा ज्ञानेन्द्रले २०६२–६३ मा संसद पुनर्स्थापना गरे जस्तै ? भीड़ वढदै गए के त्यो हाम्रो नियंत्रणमा हुन्छ ? यस्को अन्तिम व्यवस्थापन अरु कुनै शक्तीले गरी दिए त्यस्को परिणाम के हुन्छ? आन्दोलन अरुलेनै डोर्याउने, संसद पनि न व्युतीने अनी संविधान पनि फालिने– के यो अवस्थाको कल्पना गर्न सकिदैन ? अनि के हुन्छ ? यस्कारण अनिश्चित उदेश्य र अनिश्चित गन्तव्य वोकेर आन्दोलन गर्नु राम्रो विकल्प नहेको बताउनु भएको थियो ।
उपाहार न्यूज संग कुरा गर्दै प्रतिनिधि सभा सदस्य समेत रहनु भएको डा. नारायण खड्काले नेकपा अध्यक्ष केपि ओली, पुष्पकमल दाहाल र माधवकुमार नेपाल सबै संग आफ्नो व्यक्तिगत संबन्ध समेत राम्रो रहेकाले कुनै पक्षको पृष्ठपोषणमा आफु नरहेको बताउनु भयो ।
डा. खड्काले आफुले पार्टी तथा संचार माध्यममा राख्दै आएको धारणाहरु व्यक्तिगत, वस्तुगत र विश्व परिवेशलाई बुझेर आफ्नो धारणा राखेको उहाँले बताउनु भयो । कतिपय संचार माध्यमहरुमा आएका धारणाहरु आफ्नो नितान्त व्यक्तिगत धारणा रहेको र नेकपा फुट भैरहदा दुवै समुहले उठाएका बिषयमहरुमा आफुले कुनै पक्षको पृष्ठपोषण नगरी नितान्त आफ्नो व्यक्तिगत धारणा राखेको स्पष्ट पार्नु भयो ।