उपाहार न्यूज
उदयपुर पौष ८
नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरको दशौं जिल्ला अधिवेशनले आज मधुकर थापाको अध्यक्षतामा जिल्ला कार्यसमिति सर्वसहमत चयन गरेको छ । बरिष्ठ उपाध्यक्षमा के.बी. ठकुरी, उपाध्यक्ष उदयबहादुर घिमिरे, महासचिव राजेन्द्र भण्डारी र कोषाध्यक्ष पदमा तामाङ चयन भएका छन् । सदस्यहरूमा दिनेश शाह सुडी, दिनेश परियार, रेबीबहादुर राउत, विन्दाकुमारी राउत, विनोद श्रेष्ठ, खिलराज बस्नेत, भोटराज राइ (संचारउद्यमी), ज्ञानु श्रेष्ठ र मंजु थापा चयन भएका छन् ।
त्यसैगरी अधिवेशनसंगै भएको सातौं महिला जिल्ला सम्मेलनले विनादेवी राइको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । बरिष्ठ उपाध्यक्षमा मणीदेवी राइ, उपाध्यक्ष कुमारी तामाङ, महासचिव सन्जु कार्की गिरी, कोषाध्यक्ष मिना पराजुली कोइराला चयन भएका छन् । सदस्यमा मुना कटुवाल, सोभा खत्री, सिता गुरागाइ, शोभा खत्री लगायत चयन भएका छन् ।