Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

सर्वसत्तावाद विरुद्ध कांग्रेस सडकमा

  • उपहार न्युज
  • सोमबार, मंसिर २९ २०७७
सर्वसत्तावाद विरुद्ध कांग्रेस सडकमा

एक्सप्रेस संबाददाता
उदयपुर मंसीर २९
वर्तमान सरकारको सर्वसत्तावाद बिरुद्ध नेपाली कांग्रेसले सोमबार देशव्यापीरुपमा प्रदर्शन गरेको छ । नेपाली कांग्रेसले वर्तमान सरकार विभिन्न कमिसनको खेल लागेको राज्य सत्ताको दुरुपयोग गर्दै आफ्ना नेता तथा कार्यकर्ता माथि धरपकड गर्ने गरेको तथा औषधि खरिद प्रकरणमा ठूलो कमिसनको खेल खेलेको भन्दै सडकमा उत्रीएको हो । नेपाली कांग्रेसले देशव्यापी रुपमा आव्हान गरेको विरोध सभा उदयपुरमा पनि सोमबार सम्पन्न भएको छ । नेपाली कांग्रेस जिल्ला समितिको आयोजनामा सदरमुकाम गाईघाटमा नेपाली कांग्रेस उदयपुरले आफ्नो शक्ति प्रदर्शन सहित विरोधमा उत्रेको हो ।
जिल्लाका आठ वटै स्थानिय तहबाट सदरमुकाम गाईघाटमा भेला भएका कांग्रेस नेता तथा कार्यकर्ताहरुले सदरमुकाम गाईघाट बजार परिक्रमा गरेका थिए । उनीहरुले विभिन्न नारा रहित गाईघाट स्थित पिपल चोकमा कोण सभा सहित विरोध प्रदर्शन गरेका थिए ।

कोण सभालाई नेपाली कांग्रेस उदयपुरका सभापती विदुर बस्नेत, संघिय संसद प्रमिला राई, कांग्रेसका पूर्व जिल्ला सभापती तथा प्रदेश नम्बर १ का संसदीय दलका उप नेता हिमाल कार्की, प्रदेश नम्बर १का संसदिय दलका सचेतक केदार कार्की, उदयपुर क्षेत्र नम्बर १ का क्षेत्रीय सभापती भोजराज खतिवडा सह सभापती बसन्तकुमार बस्नेत, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापती रामकुमार खत्री लगायतले कार्यक्रमलाई संबोधन गरेका थिए । कार्यक्रममा संवोधन गर्दै वक्ताहरुले वर्तमान सरकारले जनतालाई जुन हिसाबले विकास दिनु पर्ने त्यो नदिएको सरकार भ्रष्टचारमा चुर्लुम्म डुबेको बताएका थिए । जनताले काम गर्नका लागि ठूलो मत प्रदान गरे पनि जनताको मतको वर्तमान सरकारले दुरुपयोग गरेकाले कांग्रेसमा बाध्य भएर सडकमा उत्रिनु परेको बताए ।
वर्तमान सरकारलाई जनताले सुविधाजनक बहुमत प्रदान गर्दा पनि जनचाहाना अनुसार सरकारको गतिविधि नभएकोले वर्तमान सरकारलाई जनतालेनै निर्वाचन मार्फत जवाफ दिने नेताहरुले बताएका थिए । सरकार दिन दिनै भ्रष्टचार प्रति उद्दत रहेकाले विगतमा ऐतिहासिक वलिदानीबाट प्राप्त उपलब्धीहरु गुम्ने अबस्थामा पुगेकाले कांग्रेस बाध्य भएर सडकमा उत्रिन बाध्य भएको वक्ताहरुले बताएका थिए । कार्यक्रममा प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले हाल विभिन्न स्थानमा भैरहेको राजाबादिहरुको प्रदर्शन वर्तमान सरकारका प्रधानमन्त्री केपि ओलीको सत्ता बचाउनका लागि गरिएको खेल भएको बताउनु भयो ।
कार्यक्रमको पूर्वसन्ध्यामा आईतबार साझ नेपाली विद्यार्थी संघ उदयपुरले छुट्टा छुट्टै दुई स्थानबाट सिठि जुलुस प्रदर्शन गरेको थियो । नेविसंघ उदयपुर अध्यक्ष सन्तोष कोइरालाको नेतृत्वमा गाईघाट स्थित विपि चोक तथा नेपाली कांग्रेस उदयपुरका विद्यार्थी विभाग प्रमुख एलबि कार्कीको नेतृत्वमा पार्टी कार्यालय गाईघाटबाट सिठि जुलुस सहित प्रदर्शन गरिएको थियो ।

Last updated:2020 Dec 14 Monday 10:20:25

प्रतिक्रिया
सम्बन्धित समाचार