Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

उदयपुरमा हात्ती आतंक ५ घरमा क्षती

  • उपहार न्युज
  • शनिबार, मंसिर ६ २०७७
उदयपुरमा हात्ती आतंक ५ घरमा क्षती

उपाहार न्यूज
उदयपुर मंसीर ६
उदयपुरको त्रियुगा नगरपालिका वडा नं ६ र ७ मा गएराति जंगली हात्तीको आक्रमण बाट पाँच घरमा क्षति पुगेको छ । केहि दिन अघि नगरक्षेत्र प्रबेश गरेको हात्तिले वडा नम्बर ६ को बोझेका ४ घर र वडा नम्वर ७ चकलघाटको १ गरि ५ घरमा क्षति पुर्याएको हो । राति ११ बजे तिर जंगलक्षेत्रबाट झरेको हात्तिले वडा नम्वर ६ का स्थानिय कुल वहादुर घिमिरे ,गोपाल राउत,लक्ष्मी राउत र कमला राउतको घरमा क्षति पुर्याएको छ ।५ वटाको संख्यामा रहेको बथानले घिमिरेको घरको बार्दली भत्काउनु साथै विजुलीको मिटरमा समेत क्षति पुर्र्याएको छ । त्यस्तै गोपाल राउतको घर भत्काएर १२ मुरी धान खाएको पिडितले वताएका छन् । राउत भन्छन् बस्ने घर पनि भत्कायो, अन्न पनि खायो अब बेलुकाको छाक पकाउने चामल समेत छैन् । जसो त्यसो ज्यान त बचाईयो परेको बेला सहयोग हुन्छ होला भन्ने लागेको थियो तर स्थानिय जनप्रतिनिधिको मुख समेत देखिएन ।उनकै जस्तो दुखेसो र पिडा लक्ष्मी राउत र कमला राउतको पनि छ । उनिहरुको पनि हात्तिले घरमा क्षति पुर्याउनुका साथै ४र४ मुरी धान खाई दिएको छ । चिसो सुरु भईसक्यो घर पनि भत्काइदियो अन्न पनि खाईदियो कमला भन्छिन् रातभरी त्रासमै बाचेका छौ भरेफेरी आउने होकी ।हात्तिले सोहि ठाउँका स्थानिय घमानसिंह राउतको १२ कठ्ठा खेतको धान नष्ट गरेको छ । धान काटेर थ्रेसर लगाउन बाटो छेउमा राखेको राति आएर हातिले सबै खाएछ राउतले भने ।
उता वडा नं ७ चकघाटका स्थानिय सम्मर परियारको घरमा समेत क्षति पुर्याएको छ । सो क्षेत्रका स्थानियले वर्षेनी हात्ति आतंक खेप्दै आउन्ु परेको छ । वर्षेनी हिउदमा चरी चरन र खेल खोरको रुपमा हात्ति आउने गरेको स्थानियको भनाई छ । पाँच बटाको संख्यामा रहेको अहिलेको बथान कोशिटप्पु क्षेत्रबाट आएको हुनसक्ने अनुमान गरिएको छ ।

Last updated:2020 Nov 21 Saturday 09:38:15

प्रतिक्रिया
सम्बन्धित समाचार