सन्तोश पौडेल खोटाङ ,२० कात्तिक । खोटाङमा कौडा खेलिरहेको अबस्थामा नगदसहित ४ जना पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका (१ त्रीवेणी चोकस्थित शारदा श्रेष्ठको घरमा कौडा खेलिरहेको अबस्थामा प्रहरीले छापा मार्दा उनीहरु पक्राउ परेका हुन ।
पक्राउ पर्नेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ४६ वर्षीय सुजन ताम्राकार , ३६ वर्षीय युधिर शाक्य, ४१ वर्षीय दिनेश कुमार केसी र सोही ठाउँका ५५ वर्षीय विनोद उदास रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका निमित्त कार्यलय प्रमुख तथा प्रहरी निरिक्षक दिनेश प्रसाद खरेलले बताउनुभयो ।
उनीहरुको साथबाट ४८ हजार ९ सय ९० रुपैयाँ तथा २० थान कौडा , खुला तास ५ सय ८० पीस ,बन्द ९प्याकेट० तास २ थान ,मकैको दाना २ सय वटा ,गलैचा दुई थान बरामद गरिएको खरेलले बताउनुभयो ।
गए राती ११ बजे त्रीवेणी चोकस्थित शारदा श्रेष्ठको घरमा कोठा लिई बस्ने बिनोद उदासको कोठामा कौडा खेलिरहेको अबस्थामा निरीक्षक खरेलको टोलिले उनिहरुलाई पक्राउ गरेको हो।
पक्राउ परेका चारैजनालाई जुवा तास ऐन अन्तर्गत कारवाही गरिने साथै सात दिनको म्याद थप गरि आबश्यक अनुसन्धान सुरु गरिएको खरेलले बताउनुभयो ।
यस्तै , कोरोना कहरका बिच दिक्तेल बजारमा हुन सक्ने अपराधीक क्रीयाकलापलाई नियन्त्रण गर्नका लागि ५(५ मिनेटको फरकमा प्रहरी गस्ती टोलि खटाईएको छ । साथै सिविर पोषाकमा पनि प्रहरी परिचालन गरी सुरक्षाव्यावस्था कडाई गरिएको खरेलले बताउनुभयो ।