Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

खोटाङमा ३२ जना सङ्क्रमितले जिते कोरोना , २१ जना उपचाररत

  • उपहार न्युज
  • बुधबार, कार्तिक १९ २०७७
खोटाङमा ३२ जना सङ्क्रमितले जिते कोरोना , २१ जना उपचाररत

सन्तोश पौडेल
खोटाङ ,१९ कात्तिक।दस स्थानीय तहरहेको खोटाङमा ३२ जनाले कोरोना भाइरस कोभिड -१९ लाई जितेर घर फर्किएका छन् । कोरोना सङ्क्रमित ५३ जनामध्ये ३२ जना उपचारपछी निको भएर घर फर्किएका हुन् । २१ जना उपचाररत रहेको जिल्ला अस्पताल खोटाङले जनाएको छ । दश स्थानीय तह रहेको जिल्लामा दुई नगरपालिका र आठ गाउँपालिकामा २ हजार १ सय ७१ जनाको पिसिआर परिक्षण गरिएको जिल्ला अस्पताल खोटाङका निमित्त प्रमुख तथा मेडिकल अधिकृत डा. प्रविण झाले बताउनुभयो ।

यश अघि जिल्लाका उच्च पदस्थ व्यक्तिहरुमा कोरोना सङक्रमण पुष्टि भएपछि पिसिआर गरिएको ६६ जना मध्ये १५ जनामा कोरोना सङ्क्रमण देखिएपछि सङ्क्रमितको जनसम्पर्कमा रहेका १४७ जनाको स्वाब सङ्कलन गरि पिसिआर परीक्षण गर्नका लागि बिराटनगरस्थित कोभिड अस्पताल पठाएको थियो । उनिहरुको पिसिआर रिपोर्ट भने आउँन बाँकी छ । सम्भबत भोलि बेलुकी सम्ममा रिपोर्ट आइपुग्ने निमित्त प्रमुख डा.झाले बताउनुभयो ।

दिक्तेल बजारमा पछिल्लो समय कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ । संक्रमितको संख्या बढी देखिएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उच्च सतर्कता अपनाउदै धमाधम कन्ट्रयाक ट्रेसिङको कार्यलाई तीव्रता दिएको हो । कोरोना सङ्क्रमणदर बढ्दै गएपछि खोटाङको दिक्तेल बजारलाई सिल गरिएको छ ।
कन्ट्रयाक ट्रेसिङको कार्य अघि बढाउने र थप कोरोना सङ्क्रमण फैलन नदिनका लागि दिक्तेल बजार सिल गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजालले बताउनुभयो ।

कोरोना भाइरस समुदायस्तरमै फैलिसकेको अनुमान गर्दै नगरपालिकाले कन्ट्रयाक ट्रेसिङको कार्य तीब्र बनाएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तीर्थराज आचार्यले बताउनुभयो । यो विषम परिस्थितिमा अब नागरिक स्वयम् आफै सचेत नभए कोरोना सङ्क्रमण दर दोब्बर हुने देखिन्छ ।
जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ५३ रहेको थियो भने आज (बुधबार ) एकै दिन ३२ जना सङ्क्रमित उपचारपछी डिस्चार्ज भएका भने २१ जना उपचाररत छन् ।

Last updated:2020 Nov 04 Wednesday 10:51:37

प्रतिक्रिया
सम्बन्धित समाचार