Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

नक्कली फेसबुक बनाएर रकम माग्ने प्रहरी नियन्त्रणमा

  • उपहार न्युज
  • बुधबार, कार्तिक १९ २०७७
नक्कली फेसबुक बनाएर रकम माग्ने प्रहरी नियन्त्रणमा

उपाहार न्यूज
उदयपुर कात्तिक १९
अर्काको नक्कली फेसबुक आईडि बनाएर रकम ठगी गर्ने एक जना उदयपुर प्रहरीले नियन्त्रणमा लिएको छ । युवा नेता तथा अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता किरण राईको नक्कली आइडी बनाएर पैसा माग्ने एक व्यक्ति पक्राउ परेको हो ।
उदयपुरको सामाजिक, राजनैतिक तथा खेलकुद क्षेत्रमा क्रियाशिल समाजसेवी राई केहि समय यता उदयपुरमै छन् । केही दिन अघि राईको नाममा नक्कली आईडी बनाएर स्थानीय राजनीतिक दलका नेता तथा अन्य व्यक्तिहरुसँग फेसबुक मार्फत पैसा मागेका थिए ।
पक्राउ पर्नेमा उदयपुरकै त्रियुगा नगरपालिका ११ का २१ वर्षिय पंकज साह रहेका छन् । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ । उदयपुर प्रहरीको मुद्दा फाँटका प्रहरी निरिक्षक छिरिङ शेर्पाका अनुसार उनले स्थानीय नेताहरुलाई फेसबुक मार्फत पैसा माग्ने गरेको नेप्लेजलाई बताए ।
एन्फा प्रवक्ता राईले पनि आफूले चिनेका व्यक्तिहरुलाई म्यासेज पठाएर पैसा मागेपछि आफूले थाहा पाएको जानकारी दिए । साहले जनता समाजवादी पार्टीका नेता राहुल यादवलाई फेसबुकबाट ३० हजार मागेपछि यो प्रकरण बाहिर आएको हो । राहुल यादवलाई प्रवक्ता राईले पहिला देखि नै चिनेकाले यो घटना बाहिर आएको बताए ।
अनुसन्धानका क्रममा अरु व्यक्तिहरुसँग पनि पैसा मागेको बुझिएको छ । पक्राउ परेका साहले आफूले बरफ बेच्ने गरेको बयान दिएका छन् । पक्राउ परेका साहले यसअघि पनि नक्कली आईडी प्रयोग गरेर रकम मागेको पनि खुलासा भएको छ । उनलाई साइबर क्राइम अन्तर्गत मुद्दा दर्ता गर्ने प्रहरीले तयारी गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Last updated:2020 Nov 04 Wednesday 06:22:52

प्रतिक्रिया
सम्बन्धित समाचार