Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

चौदण्डिगढि उत्कृष्ट स्थानिय तहको रुपमा पुरस्कृत

  • उपहार न्युज
  • शनिबार, कार्तिक १ २०७७
चौदण्डिगढि उत्कृष्ट स्थानिय तहको रुपमा पुरस्कृत

उपाहार न्यूज
उदयपुर कात्तिक १
उदयपुरको चौदण्डिगढि नगरपालिकालाई उदयपुर जिल्लामानै उत्कृष्ट स्थानिय तहको रुपमा प्रहरी प्रधान कार्यालयले पुरस्कृत गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रममा जिल्लाका ८ स्थानिय तह मध्य कार्य सम्पादनमा र कार्यक्रम कार्यान्वयनमा अन्य पालिका भन्दा उत्कृष्ट कार्य गरे वापत चौदण्डिगढि नगरपालिका पुरस्कृत भएको हो । ६५ औ प्रहरी दिवशको अबसरमा शुक्रबार जिल्ला प्रहरी कार्यालय उदयपुरमा आयोजित प्रहरी दिशवको अबसरमा नगरपालिकालाई पुरस्कृत गरिएको हो । कार्यक्रममा अनुसन्धान उपरिक्षिक देवराज लिम्बुले नगरपालिकाका प्रवक्ता तथा चौदण्ढिगढि नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष रामकुमार खड्कालाई कदर पत्र हस्ताणतरन गर्नु भएको थियो ।
एक बर्षको अवधिमा चौदण्डिगढि नगरपालिकाले जिल्लामा उत्कृष्ट कार्य गरे वापत पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । कार्यक्रममा विभिन्न विद्यामा प्रहरी कर्मचारी तथा अमर प्रहरी परिवारलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

Last updated:2020 Oct 17 Saturday 13:38:54

प्रतिक्रिया
सम्बन्धित समाचार