उपाहार न्यूज
उदयपुर असोज २९
उदयपुरको चौदण्डिगढि नगरपालिका वडा नम्बर ७ को वडा कार्यालय आफ्नै नवनिर्मित भवनबाट सेवा सुचारु हुने भएको छ । एक बर्ष अघि बाट निर्माण सुरु भएको भवन निर्माण सम्पन्न भए पछि बिहिबार एक समारोहका विच चौदण्डिगढि नगरपालिकाका नगर प्रमुख खगेन्द्र राईले भवनको उद्घाटन गर्नु भएको हो ।

सगरमाथा निर्माण सेवाले ४४ लाख ४५ हजार लागतमा निर्माणको जिम्मा लिएको भवन निर्माण सम्पन्न भए पछि तीन बर्ष देखि भाडाको घरबाट संचालित वडा कार्यालय अब भने आफ्नै भवनबाट सेवा सुचारु हुने वडाध्यक्ष तेजराज तिम्सिनाले जानकारी दिनु भयो ।
चौदण्डिगढि नगरपालिकाको केन्द्रको रुपमा लिईने बेल्टार बजार क्षेत्र समेत भुगोलमा पर्ने वडा कार्यालय निर्माण भए पछि वडा कार्यालयबाट संचालन हुने नियमीत प्रशासनिक काम गर्नका लागि सहज हुने अध्या तिम्सिनाले जानकारी दिनु भयो ।