उपाहार न्यूज
उदयपुर असोज २९
उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ११ स्थित चप्पन सामुदायीक वन उपभोक्ता समुहको २५ औ बार्षिक साधरण सभा सम्पन्न भएको छ । त्रियुगा नगरपालिका ११ स्थित पिकनिक स्पोटमा बिहिबार आर्थिक बर्ष २०७६/०७७ को आम्दानी खर्च तथा आर्थिक बर्ष २०७७/०७८ को बार्षिक कार्य योजना उपभोक्ता बाट अनुमोदन गर्दै साधरण सभा सम्पन्न भएको हो ।
सामुदायीक वनले गत आर्थिक बर्षमा विभिन्न शिर्षकबाट ५३ लाख ८३ हजार चार सय १५ रुपैया ३४ पैसा आम्दानी गरेको प्रतिवेदनमा उल्लेख गरिएको थियो । सामुदायीक वनका अध्यक्ष महेन्द्र सिग्देलले सार्वजनिक प्रस्तुत गर्नु भएको प्रतिवेदन अनुसार आर्थिक बर्ष २०७६/०७७ मा विभिन्न शिर्षकमा खर्च भएर १४ लाख ७० हजार ६ सय ७५ रुपैया मौजदात रहेको जनाएको छ ।

चप्पन सामुदायीक वन क्षेत्रलाई जिल्लाकै नमुना सामुदायीक वन उपभोक्ता समिति बनाउनका लागि विभिन्न योजनाका साथ आफुहरु अघि बढेको अध्यक्ष सिग्देलले जानकारी दिनु भयो । कार्यक्रममा सामुदायीक वनका उपाध्यक्ष वीर बहादुर कटुवाललको स्वागत मनतव्य तथा सचिव रामकुमार चौधरीले कार्यक्रम संचालन गर्नु भएको थियो । कार्यक्रममा सामुदायीक वन उपभोक्ता समिति क्षेत्रका उपभोक्ता लगायत विभिन्न टोल विकास संस्थाका प्रतिनिधि, जनप्रतिनिधि लगायतको उपस्तिथी रहेको थियो । कार्यक्रमका सहभागीहरुले सामुदायीक वनको विकासको लागि विभिन्न योजना निर्माण गरेर अघि बढ्नु पर्नेमा जोड दिएका थिए ।
श्री चप्पन सामुदायीक वन उपभोक्ता समुह त्रियुगा नगरपालिका ११ गाईघाटको आर्थिक बर्ष २०७६/०७७ को बार्षिक आम्दानी तथा खर्च विवरण यस प्रकार रहेको छ ।
आम्दानी तर्फ
अल्या रु१९७२८ं७३६।३४
संकलन रु१६०४६१३।०
सिफारिस ११०३।०
अन्य ब्याज १८७००।०
भाडा ५४२५।०
काठ समुह भित्र ९१८६६।००
दण्ड जरिवाना २२७०५।०
नयाँ नाम समावेश २३००००।०
पालो पहरा २२०३५०।०
कार्ड वितरण ५१५०।०
निवेदन १४१८९।०
बार्षिक शुल्क ३४७५०।०
घास दाउरा २४२५१५।०
पिकनिक १२४५००।०
अनुदान संसदिय कोष ६४२४७२।०
जम्मा रु५३,८३,४१५।३४
भुक्तानी
प्रशासनिक खर्च ु
तलब ३२१३५०।०
भत्ता ६००००।०
मसलन्द १३१४२।०
म.ले.प, आ.ले.प २५०००।०
विद्युत २२४३।०
यातायात २०,०००।
विज्ञापन १५०००।
विविध १३१३०।०
फर्निचर २००००।०
वन विकास
झाडी सफाई ३००००।०
गोडमेल ७००००।०
वन गस्ति ५००००।
अग्नि रेखा ६००००।
वाँस रोपण २५०००।
विरुवा रोपण ५००००।०
सामाजिक विकास
डिपो गोदाम ६६२०००।०
शौचालय १०४०००।०
चन्दा सहयोग १७०००।०
पिकनिक स्पोट सरसफाई १२४३५।०
पोखरी निर्माण ६४२४००।०
आम सभा ३४०४०।
अन्य
संकलन खर्च १६६६०००।
मौजदात १४७०६७५।३४
(क) बैंक रु११७०९१०।३९
(ख) कमला राई रु८०००।०
(ग) नैनध्वज कार्की रु४०००।०
(घ) मनिता राई रु४०००।०
(ङ) बल बहादुर विक रु४०००।०
(च) प्रेम परियार रु८०००।०
(छ) सचिव जिम्मा बाकी नगद रु२७१७६४।९५
जम्मा रु५३,८३,४१५।३४