Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

लिम्चुङबुङलाई एतिहासिक सफलता, उज्यालो तर्फ लिम्चुङबुङ

  • उपहार न्युज
  • बुधबार, असोज २८ २०७७
लिम्चुङबुङलाई एतिहासिक सफलता, उज्यालो तर्फ लिम्चुङबुङ

उपाहार न्यूज
उदयपुर असोज २७
निर्वाचनको समयमा धेरै उम्मेदवारहरुले घोषणा पत्र तयार पारेर जनताको अभिमत प्राप्त गरेका हुन्छन् तर कतिपय घोषणपत्र घोषणपत्रमै सिमित हुने गरेका छन् तर उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले भने आफुले जिताएर पठाएका जनप्रतिनिधि मार्फत घोषणापत्र अनुसारको काम भए पछि दंग परेका छन् ।
जिल्लाकै विकट पहाडि गाउँपालिकाको रुपमा चिनिएको लिम्चुङबुङ गाउँपालिकाबासीले बिजुली बत्ती बाल्ने सपना अब भने साकार हुने भएको छ । गाउँपालिका अध्यक्ष मेजरकुमार राई नेतृत्वको गाउँपालिकाको यतिवेला चौतर्फि प्रशंसाा सुरु भएको छ, पालिका अध्यक्ष राईले समेत पालिकामा बिजुली बत्ती विस्तार एक ऐतिहासिक उपलब्धीको रुपमा लिदै गाउँपालिकाबासी संग खुसी साटेका छन् ।
लिम्चुङबुङ गाउँपालिकाले पालिकाको केन्द्र बराहामा ११ हजार किलोवाट भोल्टेजको विजुली वाल्ने कामको सफल परिक्षण गरेसंगै बर्सौैदेखिको लिम्चुङबुङबासीको गाउँमा विजुली बाल्ने सपना पुरा हुने निश्चित भएको छ । पालिकाको केन्द्रमा विजुली पुर्याउने काममा लिम्चुङबुङ पहिलो बनेको छ । चार नगरपालिका र चार गाउँपालिका गरी आठ पालिका रहेको उदयपुरमा लिम्चुङबुङ पालिकाको केन्द्रमा विजुली पु¥याउने पहिलो बनेको हो ।

“अव, लिम्चुङबुङवासीको युगौको सपना साकार भएको छ ।” पालिका अध्यक्ष मेजरकुमार राईले भन्नुभयो “घरघरमा विजुली बल्ने निश्चित भयो ।”खोटाङको हलेसी हुदै लिम्चुङबुङ तानिएको केन्द्रिय विद्युत प्रशारण लाईनको सफल परिक्षण हिजो मात्र सम्पन्न भएको हो । हलेसीदेखि कुनाइसम्म र कुनाइदेखि लिम्चुङबुङ केन्द्र बाराहासम्म दुईदिनमा सफल परिक्षण भएको हो । विद्युत प्राधिकरण शाखा गााईघाटको प्राविधिकटोलीले परिक्षण गर्दा सफल भएको जनाइएको छ । यसलाई पालिकाबासी युगान्तकारी सफलताको रुपमा मुल्यांकन गरेका छन् । स्थानीय सरकार आएसंगै आर्थिक वर्ष २०७४÷०७५ देखि लिम्चुङबुङमा विजुली विस्तारका लागि पहल, कदमी सुरु गरेको थियो । पालिका अध्यक्ष मेजरकुमार राईले जिल्लादेखि केन्द्रसम्म तत्काल पहल थालेसंगै मञ्त्रालयमा योजना स्विकृत गराउनेदेखि बजेट विनियोजनमा सफल बनेका थिए । यो सफलतामा लिम्चुङबुङले पालिकामा विद्युत पुर्याउन साथ, सहयोग र हौसला दिने तत्कालिन विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमानसिंह घिसिङ, पार्टीका नेता, उर्जामन्त्री, संघ तथा प्रदेशका सांसद लगायत सबैलाई धन्यवाद ज्ञापन गरेको छ । पालिका अध्यक्ष राईले लिम्चुङबुङले एउटा युगान्तकारी इतिहास रचेको सामाजिक संजालमा आफ्नो अभिव्यक्ति प्रस्तुत गरेका छन् ।

पालिकाकी उपाध्यक्ष रमिला राईले विजुलीमा महत्वपूर्ण उपलब्धी हाँसिल भएको बताउनुभयो । अव सबै जनताको घरघरमा पुर्याउने निश्चित भएपछि जनप्रतिनिधि हुनुको नाताले खुसी लागेको उहाँले बताउनुभयो । हिजोको दिनमा होला वा नहोला भन्ने हिसावले विश्वास नलागेको कुरा आज पुरा भएको उहाँले बताउनुभयो । हिजोको दिनमा टुकी, दियालो बाल्दै अध्यारोसंग जुधेको र अध्यारोमा पढेको अवस्था र शहर बजारको उज्यालो विजुली गाउँमै पुगेको अवस्थालाई दाजिरहेका पालिकाबासीले पालिकाको थप विकास र समृद्धिको अपेक्षा राखेका छन् । उनीहरुले विभिन्न सामाजिक सञ्जालमार्फत “उज्यालो लिम्चुङबुङ, जय लिम्चुङबुङ”, “लिम्चुङबुङको लागि साह्रै खुसीको दिन” भन्दै खुसी व्यक्त गरिरहेका छन् ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत टार्जन लिम्बुका अनुसार हाल पालिका केन्द्रमा आइसकेको विद्युतलाई केही समयभित्रै पाँचवटै वडाहरुमा विस्तार गरिनेछ । पालिकाको पाँचवटै वडाहरुमा विजुलीको पोलहरु गाडेर तार टाँग्ने काम भइसकेको र अव बाँकी सानातिना कामहरु पनि पुरा गरेर विद्युत प्रशारण गरिने उहाँले बताउनुभयो । अव, सबै वडाहरुको घरघरसम्म पु¥याउने कामलाई तिब्रता दिइने उहाँले बताउनुभयो ।करिब २ हजार ६ सय घरधुरी रहेको पालिकामा दशै, तिहार पछि नै भएपनि अव, घरघरमा विजुली पुग्ने निश्चित भएको उहाँले बताउनुभयो ।
लिम्चुङबुङमा उज्यालो नेपालको नारा साकार भएको पालिकाका लेखा अधिकृत ताराकिरण राईले बताउनुभयो । आफै पनि पालिकाबासी रहेका लेखा अधिकृत राईले अव सगौरब आफुहरुले पनि “उज्यालो लिम्चुङबुङ” भन्न पाएको बताउनुभयो । उहाँका अनुसार विद्युत विस्तारका कारण अव गाउँगाउँमा उद्योग, कलकारखाना सञ्चालन गर्न सकिने भएको छ । विद्युतले कृषिमा पनि ठूलो टेवा पुर्याउने र सूचना प्रविधि, सञ्चार जस्ता कुरामा फड्को मार्ने बताउनुभयो

Last updated:2020 Oct 14 Wednesday 14:41:41

प्रतिक्रिया
सम्बन्धित समाचार