Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

बाबरी साबउसको २१ औँ आमभेला तथा साधारणसभा सम्पन्न

  • उपहार न्यूज
  • सोमबार, असोज २६ २०७७
बाबरी साबउसको २१ औँ आमभेला तथा साधारणसभा सम्पन्न

उपहारन्यूज-
उदयपुर, असोज २६ ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १० स्थित बाबरी सामुदायिक बन उपभोक्ता समूहको साधारणसभा तथा आमभेला सम्पन्न भएको छ । असार मसान्तसम्म समूहले सञ्चालन गरेको आयव्यय विवरणहरु पारित गर्दै २१ औँ आमभेला तथा साधारणसभा सम्पन्न भएको हो ।

कोभिड –१९ को कहरकाबीच तोकिएको स्वास्थ्य मापदण्ड पूरा गरी भेला तथा साधरणसभा आयोजना गरिएको अध्यक्ष अभिमन्यु खड्काले जानकारी दिए । भेलाले बाबरी साबउस क्षेत्रभित्र पर्ने सिस्नेखर्कलाई आन्तरिक पर्यटकीय स्थलको विकास गर्नका लागि गुरुयोजना अगाडि सार्ने बताए । यसका लागि स्थानीय सरकार (वडा कार्यालय) ले समेत समन्वय गरी आकर्षक स्थलको रुपमा विकास गरी पर्यटन प्रबर्धनमा जोड दिने त्रिनपा १० का वडाध्यक्ष प्रकाश खड्काले जानकारी दिए ।

साबउसको आफ्नै भवनमा आयोजित कार्यक्रममा अभिमन्यु खड्काको अध्यक्षता, प्रमुख अथिती कुशलबाबु बस्नेत तथा वडाध्यक्ष प्रकाश खड्का, डिभिजन बन कार्यालय गाईघाटका सहायक बन अधिकृत रामभगत यादवलगायतको उपस्थिती थियो । त्यस्तै नवउदय सामुदायिक बनका अध्यक्ष जीवन पाण्डे, त्रियुगा साना सहरी खानेपानी आयोजना बोक्सेका सचिव सन्तोष खड्का तथा सञ्चारकर्मी र स्थानीय सर्वसाधरणको उपस्थिती रहेको थियो ।

Last updated:2020 Oct 12 Monday 11:20:31

प्रतिक्रिया
सम्बन्धित समाचार