Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरको भोर्लेमा गोर्खा वेल्फेयरले आर्थिक सहयोग गरेपछि खानेपानी

  • उपहार न्यूज
  • शनिबार, असोज २४ २०७७
उदयपुरको भोर्लेमा गोर्खा वेल्फेयरले आर्थिक सहयोग गरेपछि खानेपानी

उपहारन्यूज-
उदयपुर, असोज २४ ।

उदयपुरको त्रियुगा नगरपालिका १६ भोर्ले खानेपानी आयोजना सम्पन्न भएको छ । गोर्खा वेल्फेयर ट्रष्ट धरानको आर्थिक तथा प्राविधिक सहयोगमा ३९ वटा पायक तथा एक विद्यालय गरी झण्डै ४० वटा धारासहितको खानेपानी आयोजना सम्पन्न भएको हो ।
समुदायअन्तर्गत एक सय तीन महिला र एक सय २१ पुरुष तथा तीन सय ३६ विभिन्न उमेर समूहका विद्यार्थी लाभाम्बित हुने ‘भोर्ले खानेपानी योजना निर्माण समिति त्रिनपा १६ भोर्लेले जनाएको छ । योजना निर्माण सम्पन्न भएसँगै समुदायमा हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि नेकपा नेतृ तथा प्रदेश सभासद अम्बिका थापा, विशेष अतिथि त्रिनपा १६ का वडा अध्यक्ष मानबहादुर राई तथा गोर्खा वेल्फेयर ट्रष्टका प्रतिनिधिलगायतको उपस्थिती रहेको थियो ।

खानेपानी आयोजना समुदायमा हस्तान्तरण कार्यक्रममा बोल्दै सभासद थापाले खानेपानी पर्याप्तताले यस क्षेत्रका सर्वसाधरणको दैनिकी सहज हुने बताइन् । पानीसँगै फेरिएको दैनिकीलाई कृषि उत्पादन, सरसफाई र विकास निर्माणमा समेत सहजता हुने सभासद थापाको भनाई थियो । थापाले सो क्षेत्रका सर्वसाधरणको जनजीवन थप प्रगतितर्फ उन्मुख गराउन आफ्नोतर्फबाट सहयोग सधै रहने प्रतिबद्धता जनाइन् ।

‘मल्टीआर्टी’ प्रबिधिबाट निर्मित खानेपानी योजनाको ट्याङकी, पानी फिल्टर गर्ने ट्याङकी, पानी सप्लाइ गर्ने ट्याङकीसहित बिभिन्न आधादर्जन ट्याङ्की १ ड्याम समेत निर्माण गरिएको वेलफेयर प्रोजेक्ट म्यानेजर कृष्णबहादुर सुब्बाले हस्तान्तरण कार्यक्रममा जानकारी दिए । सो क्षेत्रमा झण्डै २५ वर्ष पुरानो खानेपानी आयोजना थियो । पुरानो धाराहरु भएकाले सबै पाइप जिर्ण अवस्थामा रहेको बेला वेल्फेयरद्धारा आर्थिक सहयोगमा खानेपनी आउदा स्थानीय हर्षित भएका छन् ।

यसअघि खोलामा बाढी आउदा धमिलो पानी खानुपर्ने बाध्यता थियो । हालको योजनामा फिल्टर प्रबिधि पनि रहेकाले मिन्रलवाटर जस्तै सङ्लो पानी पिउन पाउदा खुसी लागेको स्थानीय बताउछन् । त्यस्तै सो क्षेत्रका स्थानीयलाई कृषिमा आत्मनिर्भर बनाउन गाउँको बीचभागमा एक कृषि ट्रयाङ्कीसमेत यही आर्थिक वर्षमा निकासा हुने गरी सांसदीय कोषमार्फत रकम व्यवस्था मिलाउने प्रदेश सभासद थापाको भनाई थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार