Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

इप्रका बेल्टारमा १४ महिनामा के गरे प्रहरी निरिक्षक बुद्धि चौलागाईले

  • उपहार न्युज
  • बुधबार, असोज २१ २०७७
इप्रका बेल्टारमा १४ महिनामा के गरे प्रहरी निरिक्षक बुद्धि चौलागाईले

उपाहार न्यूज
उदयपुर असोज २१
इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी प्रमुख प्रहरी निरिक्षक बुद्धि चौलागाई चितवन स्थित जुनियर प्ररही तालिम केन्द्रमा सरुवा भएका छन् । १ नम्बर प्रदेश शसस्त्र प्रहरी गण विराटनगर हुदै, इलाका प्रहरी कार्यालय दमकमा ८ महिना, इलाका प्रहरी कार्यालय इटहरी १४ महिना र इलाका प्रहरी कार्यालय बेल्टार उदयपुरमा १४ महिने कार्यकाल सम्पन्न गरेर चौलागाई प्रहरी प्रधान कार्यालयले निकालेको नियमीत सरुवाको क्रममा चितवन पुगेका हुन्

उदयपुरमा २०७६ साल चैत महिनाको उत्कृष्ट प्रहरी तथा इप्रका इटहरी हुदाँ समेत उत्कृष्ट प्रहरीको समेत पुरस्कार प्राप्त गरेका चौलगाईको १४ महिने कार्यकालमा इलाका प्रहरी कार्यालय उदयपुरमा केहि सुधार संगै शान्ति सुरक्षाको जिम्मेबारीलाई कुशलताका साथ निर्वाह गर्न सफल भएका छन् । कसैको दबाब र प्रभावमा नपरी आफ्नो जिम्मेबारीलाई पुरा गर्ने निरिक्षक चौलागाईलाई चौदण्डिगढि नगरपालिका, स्थानिय नागरिकहरुले अभिनन्दन गर्दै विदाई गरेका छन् । स्थानिय शान्ति सुरक्षाको दृष्टिकोणमा महत्वपूर्ण भुमिका निभाएका प्रहरी निरिक्षक चौलागाईले गरेका उत्कृष्ट १० कामहरु हामीले प्रस्तुत गरेका छौ ।
१) कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको लागी कार्यालयमा निशुल्क निबेदन लेखिदिने व्यवस्थाको थालनी गरेको ।
२) बिभिन्न मुद्धा शिर्षकमा जस्तै जबरजस्ति करणी,लागु औषध,हातहतियार,सवारी ज्यान लगायत ९९ वटा मुद्धा दर्ता गरी कुल १३१ जना प्रतिबादीहरुलाई कानुनी दायरामा ल्याउनुको साथै बिषेश गरी जबरजस्ति करणी सम्बन्धी १३ वटा मद्धामा १३ जना,लागु औषध सम्बन्धी १२ वटा मुद्धामा १५ जनालाई कानुनी दायरामा ल्याई अन्य ४ जनालाई सुधार केन्द्र पठाईएको तथा ५६ जना दुर्वेषनीहरुलाई लागु औषध सम्बन्धी प्रशीक्षण दिई तारेखमा राखी कारवाही गरेको ।
३) स्थानिय तह संग सहकार्य गरी ईप्रका बेल्टारको पुर्व पट्टी कम्पाउण्ड वाल सहितको फलामे गेट, मुलगेट देखि कार्यालय परिसर सम्म कालो पत्रे, प्रहरी चौकी हडियामा दुर्गा मन्दिर तथा हावामहल र वडा न १० स्थित खैराझोडामा अस्थायी प्रहरी विटको निर्माण, प्रचौ बसाहामा मेषमा भाडाकुडाको व्यवस्था गरीदिनुको साथै मातहतको प्रहरी युनिटहरुको जग्गाको आफ्नै लालपुर्जा नभएको अवस्थामा सबै प्रहरी युनिटहरुको जग्गाहरु नापी गराई लाल पुर्जा प्राप्तिको लागी पहल गर्दै जिप्रका उदयपुर हुदै जिल्ला प्रशासन कार्यालय उदयपुर लेखापढी गरी पठाएको ।

४) स्थानिय तह संग समन्वय गरी कार्यालयको मुलगेट,हिरासद कक्ष लगायत नगरका मुख्य मुख्य स्थानमा ११ वटा CCTV क्यामारा जडान गरी २४ सै घण्टा निग्रानीको व्यवस्था मिलाईएको ।
५) इप्रका कार्यालयमा CDR सम्बन्धी दक्ष जनशक्तिको अभावमा एउटा मोवाई हराउदाँ समेत खोजतलासको लागी जिल्ला प्रहरी कार्यालय धाउनु पर्ने बाध्यतालाई सदाको लागी अन्य गर्दै आन्तरीक तबरबाटै CDR सम्बन्धी दक्ष जनशक्ती उत्पदान गरी करिव २० लाख बराबरको हराएका तथा चोरी भएका मोवाईल फेला पारी सम्बन्धीत मोवाईल धनिलाई बुझाउन सफल भएको ।

६) सम्मानित अदालतबाट बिभिन्न मुद्धा शिर्षकमा कैद तथा जरिवाना फैसला भई रहेका फरार प्रतिबादीहरुको पक्राउ गर्ने अभियान नै संचालन गरी बिगत २९ बर्ष देखि फरार रहेका ज्यान सम्बन्धी मुद्धाका फरार प्रतिबादी त्यस्तै २९ बर्ष अगाडीकै चोरी सम्बन्धीका, ५ बर्ष अगाडीका ज्यान सम्बन्धिका फरार प्रतिबादीहरु लगायत अन्य बिभिन्न मुद्धा शिर्षकका ५२ जना फरार प्रतिबादीहरुलाई पक्राउ गरी अदालत समक्ष पेश गर्न सफल भएको ।

७) कसैको प्रभाव वा प्रलोभनमा नपरी निष्पक्ष छानबिन गरी दोषिलाई सजाय र पिडितलाई न्यान दिलाउने सिलसिलामा १० बर्ष अगाडी देखिको ज्यान सम्बन्धी मुद्दाको पुन १० बर्ष पछाडी सुक्ष्म रुपमा अनुसन्धान गरी उक्त घट्नामा सम्लग्न २ जनालाई कानुनी दायरामा ल्याईएको ।
८) अवैध बन्यजन्तुको चोरी निकाशीलाई नियन्त्रण गर्ने सिलसिलामा एक थान अबैध भरुवा बन्दुक सहित २ जनालाई पक्राउ गरी कानुनी दायराम
९) समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई बिषेश प्राथमिकत्तामा राखी लागु औषध,घरेलु हिंसा,जबरजस्ति करणी,मानव अधिकार, लैगिक हिंसा लगायत विभिन्न कार्ययोजना बनाई जस्तै अपराध न्युनिकरणमा “ तपाई हामी संग संगै ” भन्ने नाराका साथ चौदण्डीगढी नगरपालिका भित्रका बिभिन्न स्कूल,कलेज, बिभिन्न संघ संस्था संगको सहकार्यमा ७३ वटा सचेतनामुलक कार्यक्रम संचालन गरेको ।
१०) कोभिड १९ संक्रमणको ईपिसेन्टरको रुपमा उदयपुर जिल्ला बनेको अवस्थामा चौदण्डीगढी नगरलाई कोरोना संक्रमणबाट बचाउनलाई १ नं. प्रदेशमै पहिलो पटक तपाईको मास्क खोई ? अभियन संचालन गरी नागरीकलाई निशुल्क मास्क बितरण गरेको ।

Last updated:2020 Oct 07 Wednesday 06:58:53

प्रतिक्रिया
सम्बन्धित समाचार