उपहारन्यूज-
उदयपुर, असोज २० ।
पारिवारिक आर्थिक अवस्था दयनीय भएको एक बिरामी महिलालाई झण्डै डेढलाख बराबर आर्थिक सहयोग प्राप्त भएको छ । खोटाङको बराहपोखरी गाउँपालिकाबाट बैदेशिक रोजगारीमा रहेका तथा नेपालभित्रै रहेका सक्रिय युवाहरुद्धारा गठित ‘सचेत नागरिक सेवा समाज बराहपोखरी, खोटाङ’ले आर्थिक सहयोग जुटाएको हो ।
कामको शिलसिलामा बिदेश रहेका तथा नेपालको बिभिन्न ठाउँका मनकारी समाजसेवीहरुबाट संकलित एक लाख २१ हजार सात सय दुई रुपैया रकम समाजले हस्तान्तरण गरेको हो । बराहपोखरी गाउँपालिका वडा नम्बर १ निवासी ताराबल रानामगर कि २९ वर्षीया श्रीमती मकालुमाया (राई) मगर केही समयअघि मानसिक सन्तुलन खराब भई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । ती महिलाको उपचारका लागि आर्थिक अभाव भएपछि समाजले ‘मकालुमाया बचाऊ अभियान’ सञ्चालन गरी सहायता गरेको अभियान्ता प्रकाश बञ्जारा सहयात्रीले जानकारी दिए ।
मकालुमायालाई २०७७ साल असार ११ गते ललितपुरको मानसिक अस्पतालमा भर्ना गरिएको थियो । अभियान्ता बन्जाराका अनुसार अभियानका लागि संस्थाका अध्यक्ष प्रकाश खपाङ्गी मगर उपसमिती वडा नम्बर १ का अध्यक्ष नगेन्द्र आलेमगर संस्थाका अनुसासन समिती संयोजक युबराज मगर अभियान्ता प्रदिप बुर्जा मगर अभियान्ता सागर मगर, ससस्त्र प्रहरी हवल्दार नीरबहादुर मगर र ट्राफिक प्रहरी हवल्दार इस्वर बन्जारालगायतको सक्रियतामा समाजले सो रकम संकलन गरेको हो ।
आर्थिक सहयोगपछि मकालु मायाको सफलतापूर्वक उपचार भईसकेको छ । उनी हाल अस्पतालबाट डिस्चार्ज भइसकेकी छन् । संकलित रकम सस्थाका अध्यक्ष प्रकाश मगर, प्रबक्ता निरबहादुर मगर, २ नम्बर वडा उपसमिती महासचिब मनिराज मगरलगायतको समूह बिरामीको घरमै पुगी स्थानीयको रोहभरमा हस्तान्तरण गरिएको थियो । यसअघि पनि समाजले बाराहपोखरी गाँउपालिकाकै स्थानीय छत्रबहादुर मगरको ११ वर्षकी छोरी मंगली मगरको उपचारका लागि एक लाख ३० हजार आर्थिक सहयोग गरेको थियो । अनलाईनबाटै समिति गठन र आधिकारिक दर्ताको चरणमा रहेको यस समाजले आर्थिक सहयोगदाताहरुलाई धन्यबाद दिएको छ ।

‘मकालुमायाँ राई बचाउ अभियान’मा आर्थिक सहयोग गर्नुहुने समाजसेवीहरुको नामावली :
१, रमेश खपाङ्गी मगर रु. १०,००० (रामपुर बेलका नगरपालिका ५, डाँडागाउँ उदयपुर)
२, होमबहादुर आले मगर रु ५,००० बाराहापोखरी १, दुईघरे
३, सागर मगर (असोक) रु. २,००० बाराहापोखरी २, माकापु
४, प्रदिप वुर्जामगर. रु. २,२५६ बाराहापोखरी २, सुन्तले
५, प्रकाश बन्जारा सहयात्री बाराहापोखरी २ सुन्तले रु २०००
६, मनिराज घलेमगर रु. ५,००० बाराहापोखरी १, ओलम्पा
७, तिर्था श्रेष्ठ. रु १००० बाराहापोखरी १, बाराहा
८, हरि बस्नेत रु. २५०२ चौदन्डिगडी न. पा. वडा नं ९, हँडिया उदयपुर
९, प्रदिप आले मगर रु १००५ बाराहापोखरी १, रुम्दु
१०, बुद्द मगर रु. १००० बराहक्षेत्र न. पा. वडा नं ८, सुनसरी
११, जीवन खपाङ्गी मगर ११०५ बाराहापोखरी १, हाडे
१२, स्विकार भट्टराई रु ५०० मोरङ
१३, दलबहादुर मगर रु ३१०० बाराहापोखरी १, बाहुनटार
१४. युवराज पौडेल रु १५०० इटहरी १७ बालग्राम चोक जयलक्ष्मी दिप टोल, सुनसरी
१५, ईश्वर बन्जारा रु ३००० बाराहापोखरी २, सुन्तले (हाल काठमाडौं )
१६, अनिल पुमा राई रु ३००० मालबासे
१७, नगेन्द्र आले मगर रु ५००० बाराहापोखरी १, दुईघरे
१८, सुरेश घले मगर रु ३००० बाराहापोखरी १, ओलम्पा
१९, बुद्ध लिमेल मगर रु ११०० बाराहापोखरी १, पिप्ले
२०, रामबहादुर लिमेल मगर रु १००० बाराहापोखरी १, पिप्ले
२१, नरेश आले मगर रु २००० बाराहापोखरी १, डांसिटार
२२, नीरबहादुर खपाङ्गी मगर रु १००० बाराहापोखरी १
२३, प्रकाश खपाङ्गी मगर रु १००० बाराहापोखरी १, भञ्ज्याङ
२४, कुमारी थापा मगर रु २०००र बाराहापोखरी १, रीपेनी
२५, तारादेवी आलेमगर (प्रमिला) (रु ५,००० बाराहापोखरी १, दुईघरे
२६, तारा खड्का रु २००० जाँते, मोरङ
२७, जयराम आले मगर रु १५०० बाराहापोखरी १, पिप्ले
२८, जितेस आले मगर रु १५०० बाराहापोखरी १, पिप्ले
२९, देबराज श्रेस्ठ बराहपोखरी ३ धर्तुङ ३३८४
३०, मेनुका मगर रु १००० सावाकटहरे
३१, नरबहादुर आले मगर रु १००० बाराहापोखरी १, भीरगाउँ
३२, कैलाश श्रेष्ठ रु १००० बाराहापोखरी १, बाराहा
३३, मानबहादुर मगर (अर्जुन) रु.२,५०० बाराहापोखरी २, सुन्तले
३४, प्रमिला आले मगर रु २०००र बाराहापोखरी १, डांसिटार (हाल भुल्के गाईघाट)
३५, भबिन्द्र माले रु १००० बाराहापोखरी १, बाराहा (हाल विर्तामोड झापा)
३६, दलबहादुर खपाङ्गि मगर रु ५००० रामपुर बेलका न.पा. वडा नं ५, डाँडागाउँ उदयपुर
३७, सन्तोष दाहाल रु ३००१ बाराहापोखरी २, सुन्तले
३८, सपना मगर रु १००० बारहापोखरी ४, धर्तुङ
३९, रीता आले मगर रु २००० त्रियुगा न.पा १२, गाईघाट उदयपुर
४०, सागर लुङ्गेली मगर रु. २००० बाराहपोखरी १, खाल्ले
४१, युवराज घले मगर रु ६,२४९ बाराहापोखरी १, ओलम्पा
४२, सुस्मिता घले मगर रु ३००० बाराहापोखरी १, ओलम्पा
४३, चुमल आले मगर (रु ५,००० बाराहापोखरी १, ओलम्पा
४४, हरी खपाङ्गी मगर रु २००० बाराहापोखरी १, भञ्ज्याङ
४५, हेमराज राई रु १००० बाराहापोखरी १
४६, किशन राना रु ५,५०० बाराहापोखरी ३, भदौरे
४७, केदार आले मगर रु २००० बाराहापोखरी २, सुन्तले
४८, गोबिन्द फुयाँल रु २००० बाराहापोखरी १, गहते
जम्मा १,२१,७०२ (एक लाख, २१ हजार सात सय दुई रुपैयाँ)
