भरत बोहोरा
गाईघाट १२ असोज
जाल्पा एकिकृत विकास समाज,उदयपुरले संस्थाको आ.व २०७६÷०७७ को वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका कार्यसमितिका पदाधिकारीहरू र कार्यरत कर्मचारीहरूले वर्ष भरि गरेको कार्य सम्पादनको बिषयमा समिक्षा गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष पुष्पराज पोखरेलले जानकरी गराउनु भयो ।
कार्यक्रममा संस्थाका कार्यसमितिहरू,संस्थामा कार्यरत कर्मचारीहरू,वल्ड भिजन ईन्टरनेशनल नेपालका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागिहरूले संस्थामा कार्यरत रहदाको सिकाई संस्थाको सबल पक्ष र संस्थालाई सुझाव दिदै आफ्नो व्यक्तिगत धारणा प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष पुष्पराज पोखरेलले संस्था तथा परियोजनाको उद्देश्य हासिल गर्न अहोरात्र खटेर योगदान गर्ने कार्यसमितिका पदाधिकारीहरू र कर्मचारिहरूलाई धन्यबाद दिदै संस्थाले आगामी दिनमा अन्य जिल्लामा पनि आफ्नो कार्यक्षेत्र बिस्तार गर्ने तयारिमा रहेको बताउनु भयो ।
अध्यक्ष पोख्रेलले केही दिनमै संस्थाले आफ्नो वेबसाइड निर्माण तथा संचालन गर्ने जानकारी गराउदै कार्यक्रम समापन गर्नु भएको थियो ।