उपहार न्यूज
उदयपुर असोज ९
उदयपुरको रौतामाई गाउँपालिकामा भएको अनियमितताको बिषयमा नेपाली कांग्रेस उदयपुरले खबरदारीमा उत्रन आव्हान गरेको छ । नेपाली कांग्रेस उदयपुरका अनुमगन तथा मुल्यांकन विभागका प्रमुख तथा रौतामाई गाउँपालिका छाया सरकार प्रमुख भुपेन्द्र थापाद्धारा हस्ताक्षरित जारी विज्ञप्तीमा गाउँपालिकामा हुने गरेको अनियमिताको बिरुद्धमा उत्रने आव्हान गरेको हो ।

रौतामाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर हाजीर भएको तीन दिन भित्रमा राज्य सत्ताको दुरुपयोग गर्दै अन्यत्र सरुवा गर्नु रहस्यमय भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । गाउँपालिका अध्यक्ष गजेन्द्र बहादुर खड्काको नेतृत्वमा गाउँपालिकामा कमिशन मौलाएको, कमिशनको खेलमा राज्य सत्ताको दुरुपयोग भएको, विभिन्न योजनाका ठेक्का लगाउदा घोटला हुने गरेको, उपभोक्ता समितिमा आफ्ना कार्यकर्ता नाता तथा नजिकका व्यक्तिहरुलाई राखी समिति बनाउने जस्ता अनियमतिाा गाउँपालिकामा मौलाएको कांग्रेसद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
गाउँपालिकाको गोब्रे सल्लो वृक्षारोपण शिर्षकको पाच लाख रुपैया कामै नगरी भुक्तानी गरेको, ३४ लाख रुपैयाको औषधि खरिद प्रकरणमा गाउँपालिका अध्यक्ष गजेन्द्र बहादुर खड्का प्रत्यक्ष संलग्न भएको उनले जारी गरेको प्रेस विज्ञप्तीबाट प्रष्ट भएको विज्ञप्तीमा उल्लेख छ ।
गाउँपालिकामा भएका यस्ता किसिमका अनियमितता तथा भ्रष्टचारको बिरुद्धमा खबरदारी गर्नका लागि सबै समक्ष नेपाली कांग्रेसले आव्हान गरेको विज्ञप्तमिा उल्लेख गरिएको छ ।
कांग्रेस उदयपुरले गाउँपालिका भित्र भएका अनियमीताको बिषयमा असोज ४ गते बैठक बसरेर गैर जिम्मेबार जनप्रतिनिधिको बिरोधमा उत्रने निर्णय गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।