Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

१४ बर्षिय बालिका जबरजस्ती करणी गर्ने वृद्धा त्रिनपा ५ बाट पक्राउ

  • उपहार न्युज
  • शुक्रबार, असोज ९ २०७७
१४ बर्षिय बालिका जबरजस्ती करणी गर्ने वृद्धा त्रिनपा ५ बाट पक्राउ

उपाहार न्यूज
उदयपुर असोज ९
उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ५ मा १४ बर्षिय नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक बृद्धा पक्राउ परेका छन् । उदयपुरको त्रियुगा नगरपालिका ५ का ५८ बर्षिय टेक बहादुर बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो । जबरजस्ती करणी गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटि गएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख भीम बहादुर दाहालले जानकारी दिनु भयो । उनलाई हाल थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ ।

Last updated:2020 Sep 25 Friday 12:18:28

प्रतिक्रिया
सम्बन्धित समाचार