Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

प्रहरीको विशेष टोलीले लागुऔषध सहित तीन युवालाई चौदण्डिगढि ४ बाट पक्राउ

  • उपहार न्युज
  • शुक्रबार, असोज ९ २०७७
प्रहरीको विशेष टोलीले लागुऔषध सहित तीन युवालाई चौदण्डिगढि ४ बाट पक्राउ

उपहार न्यूज
उदयपुर असोज ९
लागुऔषध दुव्र्यसनी तथा ओसार प्रसार नियन्त्रणमा विशेष लागि परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले उदयपुरको चौदण्डिगढि नगरपालिका वडा नम्बर ४ बाट बुधबार साझ ३ जनालाई पक्राउ गरेको छ । चौदण्डिगढि नगरपालिका वडा नम्बर ४ नमुना चोकमा प्रहरी चौकी बसाहबाट खटिएको विशेष प्रहरी टोलीले सप्तरीको फत्तेपुरबाट उदयपुरको बेल्टार तर्फ आउदै गरेका चौदण्डिगढि नगरपालिका वडा नम्बर ६ लाफाचोकका २० बर्षिइ जुजुहाङ राई, वडा नम्बर ७ साकेला चोक बस्ने बर्ष १५ का सुजन परियार र १८ बर्षिय नविन परियारलाई पक्राउ गरहेका हो ।
उनीहरुको साथबाट २१ ट्याबलेट नाईट्राभेट फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक बेद प्रसाद गौतमले जानकारी दिनु भयो ।

Last updated:2020 Sep 25 Friday 12:15:30

प्रतिक्रिया
सम्बन्धित समाचार