उपहारन्यूज-
उदयपुर, असोज ८ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरको नयाँ प्रबक्तामा बेदप्रसाद गौतम आएका छन् । तत्कालिन प्रबक्ता गोबिन्द पुरीको बिदाईसँगै प्रहरी नायब उपरीक्षक गौतम उदयपुर आएका हुन् । डिएसपी गौतम यसअघि मोरङस्थित वडा प्रहरी कार्यालय ‘क’ बिराटनगरको प्रमुखका रुपमा कार्यरत थिए । प्रमुखको रुपमा कार्यरत थिए ।
उनी यही भदौ २९ गते जिप्रका उदयपुर हाजिर भएका हुन् । जिल्लामा विशेषगरी खड्कीएको अबैध लागूऔषध कारोबार, दुव्र्यशनी, सामाजिक हिंसालगायत बिबिध शान्ति सुरक्षामा देखिने समस्याहरुलाई न्यूनीकरणका लागि सक्रिय रहने प्रबक्ता गौतमको भनाई छ ।
गौतमले द्धन्द्धकालिन समय २०५५ सालमा असई पदबाट सीधा प्रहरी सेवामा प्रवेश गरेका थिए ।