Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

मृगौला पिडित चौधरीलाई सहयोगको याचना

  • उपहार न्युज
  • शनिबार, असोज ३ २०७७
मृगौला पिडित चौधरीलाई सहयोगको याचना

उपाहार न्यूज
उदयपुर असोज ३
त्रियुगा नगरपालिका वडा नम्बर १३ का २७ बर्षि प्रथमकुमार चौधरीको दुवै किड्नी फेल भए पछि उनको उपचारको लागि सहयोगको याचना गरिएको छ । किड्नीमा समस्या देखा परे पछि हाल १५÷१५ दिनमा डाइलेसि गरिरहेका उनलाई नियमीत रगत दिनु पर्ने तथा किड्नीमा प्रत्यारोपण गर्नु पर्ने भएको हुदाँ आफन्तले सहयोगको याचना गरेको हो ।
आर्थिक अबस्था कम्जोर भएका चौधरीलाई स्वदेश तथा विदेशमा रहेका नेपालीहरुलाई सहयोगको अपेक्षा राखेका छन् । उनको उपचारको लागि प्रथम बचाउ अभियान समितिनै गठन गरेर उपचारको लागि सहयोग संकलन गर्ने काम भैरहेको अभियानका संयोजक उत्तिमचन्द्र चौधरीले बताए ।
मृगौला पिडित चौधरीको सहयोगको लागि मोवाईल नं. ९८६२९४५८३४, ९८१९७८५११२ मा सम्पर्क गर्न सकिने छ । उनको उपचारको लागि राष्ट्रिय बाणिज्य बैक गाईघाट मा रहेको प्रथम बचाउ अभियान समिती उदयपुर को चल्ती खाता न २०९०१०००३०५२०००१ प्रथम बचाउ अभियान समिति उदयपुरमा जम्मा गर्न सकिने अभियान समितिले जनाएको छ ।

Last updated:2020 Sep 19 Saturday 05:41:42

प्रतिक्रिया
सम्बन्धित समाचार