उपाहार न्यूज
उदयपुर असोज १
रौतामाई गाउँपालिकामा भएको अनियमितताको बिषयमा सत्य तथ्य छानविनको माग राख्दै स्थानिय युवाहरुले विरोध प्रदर्शन गरेका छन् । रौतामाई गाउँपालिका ७ मुकुर्चीका स्थानिय युवाहरुले रौतामाई गाउँपालिका भित्र अनियमतिता खबरहरु सार्वजनिक भए पछि पालिकालाई खबरदारी गर्नका लागि विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरुले सांकेतिक विरोध स्वरुप रौतामाई गाउँपालिका वडा नम्बर ७ को कार्यालयका वडा सचिव लोकेन्द्र कार्की मार्फत गाउँपालिकालाई ज्ञापनपत्र बुझाएका छन् ।
रौतामाई गाउँपालिका भित्र भएको अनियमितताको बिषयमा समाचार सार्वजकि भैसके पछि पुन गाउँपालिका अध्यक्ष खड्काले कर्मचारीको बचाउ गर्दैै विज्ञप्ती जारी गरेको प्रति भ्रष्ट कर्मचारीको संरक्षणमा गाउँपालिका लागेको भन्दै युवाहरुले खबरदारी गरेका हुन् ।
गाउँपालिकामा अख्तीयार मिचेर काम गर्ने कर्मचारीलाई कार्वाहिको माग राख्दै युवाहरुले गाउँपालिकाका नियत माथी प्रश्न उठाएका छन् । स्थानिय युवा प्रलाद कार्कीको नेतृत्वमा दुई दर्जन बढि युवाहरुले मुकुर्ची बजारमा विरोध प्रदर्शन गरेका थिए । उनीहरुले सत्यतथ्य सार्वजनिक गरी दोषीमाथि कारबाहीको माग राखेका छन् ।
यता नेपाल कम्युनिष्ट पार्टीले रौतामाई गाउँपालिकामा औषधि खरिद प्रकरण तथा संचार माध्यममा आएका बिषयमा छानविन गर्नका लागि नेकपा नेता जीवन कुमार कार्कीको संयोजकत्वमा तीन सदस्यीय छानविन समिनि गठन गरेको छ । नेकपा रौतामाई गाउँपालिका अध्यक्ष इश्वरराना मगर द्धारा जारी विज्ञप्तीमा संचार माध्यममा मुछिएका कर्मचारीलाई तत्काल जिम्मेबारी बदल्न रौतामाई गाउँपालिकालाई निर्देशन दिने र संचार माध्यममा आएका आरोप प्रमाणित भए नेकपा रौतामाई उचित विधिले अगाडी बढ्ने निर्णय गरेको विज्ञप्ती मार्फत जानकारी दिएको छ ।