Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

विकासको पथमा बढ्दै उदयपुरगढि गाउपालिका

  • उपहार न्युज
  • बुधबार, भाद्र ३१ २०७७
विकासको पथमा बढ्दै उदयपुरगढि गाउपालिका

जयन्तीकला तामाङ
उदयपुर असार
स्थानिय तहको पुनसंरचना र जनप्रतिनिधि निर्वाचित भए संगै उदयपुरगढि गाउँपालिकाले विकासको गति लिन सुरु गरेको छ । उदयपुरका साबिकका पंचावती, डुम्रे, तावाश्री, बर्रे र भलयाडाडा गरी पाँच गाविस मिलेर हाल ८ वडामा प्रशासनिक संयन्त्र विभागजन भएको गाउँपालिकाले पछिल्लो समय विकासको गति तिब्र रुपमा लिएको हो ।
स्थानिय तहको पुन संरचना पूर्वका पाँच गाविस मध्यबाट हाल निर्माण भएका ८ वडा माध्य जनप्रतिनिधि निर्वाचित हुन पूर्व ३ वटा वडामा मात्रै सडक संजाल विस्तार तथा यातायात आवगमन हुने गरेको थियो । यता पछिल्लो समय गाउँपालिकाका सबै वडामा यातायात संचालनमा आउन सुरु भएको उदयपुरगढि गाउँपालिका अध्यक्ष मान बहादुर केप्छाकी मगरले बताउनु भयो ।
लिम्चुङबुङ, ताप्ली गाउँपालिका र उदयपुरको त्रियुगा तथा सिराहको लाहान नगरपालिका संग सिमा रहेको उदयपुर गढि गाउँपालिकाबाट जिल्लाका अन्य स्थानिय तह सम्म पुग्नका लागि सडक संजाल विस्तार भएको थिएन । विगतमा कटारी बाट अन्य स्थानिय तहमा पुग्ने पर्ने बाध्यता यतिवेला टरेको छ, उदयपुरगढि बाटै ताप्ली, लिम्चुङबुङ लगायतका गाउँपालिका सम्म पुग्न सक्ने सडक पूर्वाधार तयार भएको पालिका अध्यक्ष बताउछन् । गाउँपालिकाका सबै घरधुरीमा बिजुली विस्तारको योजना रहेको र ९० प्रतिशत काम पुरा भएको पालिका अध्यक्ष मान बहादुर केप्छाकी बताउनु हुन्छ ।
ग्रामीण विधुतिकरण परियोजना मार्फत गाउँपालिकामा विद्युत विस्तार गर्ने योजनाका साथ गाउँपालिकामा काम भैरहेको र नागरिकहरु पनि यसबाट खुसी रहेको सामुदायीक विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष देव गिरीले बताउनु भयो ।
नागरिकको १० प्रतिशत लागत सहभागीतामा विद्युत विस्तारको काम भैरहेको र आगामी तीन महिना भित्रमा गाउँपालिकामा विद्युत विस्तारको काम हुने अध्यक्ष गिरीको भनाई रहेको छ । सरकारले समेत प्रमुख १०० गनतव्य मध्यको सूचीमा राखेको ऐतिहासिक महत्व बोकेको उदयपुरगढिमा पछिल्लो समय पर्यटकको समेत आगमन बढ्न थालेको छ । उदयपुरगढि सम्म पुग्नको लागि सडक संजाल विस्तार तथा स्तरउन्नतीको काम भए पछि टाढा टाढा बाट पर्यटकहरु पुग्ने गरेका छन् ।
पर्यटकको आवगमनलाई अझ प्रभावकारी बनाउनका लागि गाउँपालिकामा रहेको पुरानो दरबार क्षेत्रको जिर्णोद्धार तथा संरक्षण गर्ने काम समेत भैरहेको गाउँपालिको जनाएको छ । उदयपुरगढि जिर्णोदारको लागि पर्यटन मन्त्रालयले आर्थिक बर्ष २०७६÷०७७ मा ५० लाख र गाउँपालिकाको २३ लाख रकममा घेराबेरा तथा संरक्षणको काम गरिएको गाउँपालिकाका प्रमुख प्रमुख प्रशासकीय अधिकृत माधव सुवेदीले जानकारी दिए ।
उदयपुरगढि संरक्षणको लागि गुरु योजना निर्माण समेत निर्माण गरिएको र गुरु योजना अनुरुप काम गर्नका लागि आवश्यक बजेटको लागि मन्त्रालयमा अवधारणा पत्र समेत पठाई सकिएको गाउँपालिकाले जनाएको छ । उदयपुरगढि जिर्णोद्धार भए विगतका ऐतिहासिक महत्व बोकेको स्थलको संरक्षण हुने र आन्तरिक तथा वाहर्य पर्यटकको आगमन बढ्ने पालिकाले जनाएको छ ।
पर्यटन प्रबद्र्धनको लागि उदयपुरगढिमा भ्यू टावर समेत निर्माण भैरहेको छ, भ्यू टावर मार्फत उदयपुर लगायत आसपासका जिल्लाहरु समेत प्रष्ट संग दृश्यावलोकन गर्न पाईने भएकाले पनि आन्तरिक पर्यटकहरुको गनतव्य उदयपुरगढि गाउँपालिका हुने वडा नम्बर ४ का वडाध्यक्ष कुमार अधिकारी बताउनु हुन्छ ।

Last updated:2020 Sep 16 Wednesday 10:59:59

प्रतिक्रिया
सम्बन्धित समाचार