विश्वराज तामाङ
उदयपुर भाद्र ३०
विगतमा बाहिरी बजारबाट तरकारी आयात गर्ने उदयपुरगढि गाउँपालिका यतिवेला आफ्नै उत्पादनले आत्मनिर्भर बन्न पुगेको छ । पछिल्लो समय गाउँपालिकाले बार्षिक निति तथा कार्यक्रममा कृषिलाई प्रमुख प्राथमिक्तामा राख्न थाले पछि उदयपुरगढि गाउँपालिका क्षेत्रका स्थानिय नागरिकहरु तरकारीमा आत्मनिर्भर बन्न पुगेका हुन् ।
दुई बर्ष अघि सम्म छिमेकी जिल्ला सिराह, सप्तरी लगायतका स्थानबाट तरकारी आयात गर्नु पर्ने अबस्था रहदै आएको थियो । यतिवेला स्थानिय उत्पादनहरु बढ्न थालेको छ, कृष्कहरुले मौसम तथा बेमासैमी तरकारी खेतीहरु गर्न थालेका छन् गाउँपालिकाका कृषि शाखा प्रमुख पारस फुयलले बताउछन् ।
उदयपुरगढि गाउँपालिकाले वडा नम्बर १, २ र ३ का विभिन्न स्थानलाई तरकारीको पकेट क्षेत्रको रुपमा घोषणा गरेर अघि बढेको छ । स्थानिय कृष्कहरुलाई गाउँपालिकाले प्रोत्साहन गर्दै विभिन्न किसिमका कार्यक्रमहरु यतिवेला गाउँपालिकामा संचालनमा रहेको छ ।
चालु आर्थिक बर्षमा गाउँपालिकाले ८६ लाख ९५ हजार रकम कृषिको क्षेत्रमा विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव सुवेदीले जानकारी दिनु भयो । सुवेदीका अनुसार गाउँपालिकाले पालिकाको आर्थिक बर्ष २०७७÷०७८ को लागि तय गरेको नितिमानै कृषिलाई प्राथमिक्तामा राखेको जनाएको छ । व्यवसायी कृषि खाद्य सुरक्षा दिगो विकास मार्फत जनजीवनलाई सहज तुल्याउने निति गाउँपालिकाले अवलम्वन गरेको प्रमुख सुवेदीले जानकारी दिए ।
गाउँपालिकामा नागरिकहरुलाई आर्थिक विकास गरी गरिवि निवारणको लागि पनि कृषि उत्पादनलाई विशेष प्राथमिक्ता राखिएको गाउँपालिकाका अध्यक्ष मान बहादुर केप्छाकीले बताउनु भयो । गाउँपालिकामा भौगोलिक भिन्नता भएकाले गाउँपालिकाको तल्लो क्षेत्रमा धान बाली संगै तरकारी उत्पादनलाई प्राथमिक्ता दिईएको छ, माथिल्लो क्षेत्रमा फलफुल उत्पादनलाई पकेट क्षेत्रको रुपमा विस्तार गरिएको कृषि शाखा प्रमुख पारस फुयलले बताउनु भयो ।
गाउँपालिकाले ५ बर्षे कृषि विकास रणनिति तथा प्रदेश मन्त्रालयले निदृष्ट गरेको मापदण्डको आधारमा कृषिका योजनाहरु संचालन गरीरहेको जनाएको छ ।
गाउँपालिकाले चालु आर्थिक बर्षमा खाद्यन्नमा आत्मनिर्भर, आयात प्रतिस्थापन, निर्यात प्रबद्र्धन कार्यक्रम, आधारभुत प्रयोगशाला परिक्षण शिविर संचालन, कृषि प्रसार सेवा टेवा लगायतको शिर्षकमा चालु आर्थिक बर्षमा कार्यक्रम तय गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत माधव सुवेदीले जानकारी दिनु भयो ।
गाउँपालिकामा खाद्यन्न आत्मनिर्भर तर्फ आर्थिक बर्ष २०७७÷०७८ मा कृष्कहरुलाई आत्मनिर्भर बनाउने किसिमका कार्यक्रमहरु तय गरेको जनाएको छ । गाउँपालिकाको तावाश्री, बर्रे लगायतका स्थानका कृष्कहरुले तरकारी खेतीको व्यवसायीक उत्पादन समेत गर्दै आएका छन् ।
उदयपुरगढि गाउँपालिका १ तावाश्री हजारेका कृष्कहरुले बंगुर पालनलाई समेत व्यवसायीक रुप दिईरहेका छन्, वंगुर पालनबाट व्यवसायीक लाभ उठाउदै गरेको सुनौली बंगुर पालन समुहका अध्यक्ष खड्गीमाया आलेमगरले बताउनु भयो । तावाश्री हजारेका कृष्कहरुले तरकारी उत्पादनलाई पनि व्यवसायीक रुप दिएका छन् उनीहरुले सामुहिक तथा एकल खेती गर्दै तरकारी खेती गर्दै आएका छन् । उत्पादित तरकारी कटारी लगायत स्थानिय बजारहरुमा विक्रि वितरण गर्ने गरेको हजारे रातमाटे तरकारी समुहका सिताकुमारी पराजुलीले बताउनु भयो ।