Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

रेडियो अमुर्तको संयोजनमा एक सय २० परिवारलाई राहत

  • उपहार न्युज
  • मंगलबार, भाद्र ३० २०७७
रेडियो अमुर्तको संयोजनमा एक सय २० परिवारलाई राहत

उपाहार न्यूज
उदयपुर भाद्र ३०
उदयपुरमा विगत १३ बर्ष देखि संचालित अमुर्त एफ.एम प्रालिको सयोजन तथा युएनडिपि, युएनएफपिए, युएनओपिएस र युएन ओमन नेपाल कर्मचारी एशोसिएसनको सहयोगमा उदयपुरका एक सय २० महिला –परिवारलाई) आज राहात सामाग्री हस्ताणतरन गरिएको छ ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ९ र १२ का एक सय २० जना महिला परिवारलाई खाद्यन्न सामाग्री तथा स्वास्थ्य सामाग्री हस्ताणतरन गरिएको हो । वोमेन इनपावर नेपाल र रेडियो अमुर्त ९१.६ मेघाहर्जको आयोजनामा मंगलबार त्रियुगा नगरपालिका वडा नम्बर ९ को कार्यालय परिसर र त्रियुगा नगरपालिका वडा नम्बर १२ सोनापुरका सदा समुदायका महिलाहरुलाई राहत सामाग्री हस्ताणतरण गरिएको हो ।




सदा समुदायका विशेषगरी गर्भवती, साना बालबालिका भएका र दिर्घ रोगी र एकल महिलाहरुलाई लक्षित गरि राहात सामाग्री हस्ताणतरण गरिएको अमुर्त एफ.एम ९१.६ मेघाहर्जका अध्यक्ष नविन राईले बताउनु भयो । त्रियुगा नगरपालिका वडा नम्बर ९ मा वडाध्यक्ष धन बहादुर दनुवार, वडाका जनप्रतिनिधि, पत्रकार महासंघ उदयपुरका पूर्व अध्यक्ष श्याम राई, त्रियुगा मिडिया ग्रुपका अध्यक्ष विश्वराज तामाङ लगायतको उपस्तिथीमा राहात हस्ताणतरन गरिएको थियो ।
यता त्रियुगा नगरपालिका वडा नम्बर १२ मा वडाध्यक्ष जयविक्रम राई लगायतका वडाका जनप्रतिनिधि सहित पत्रकार लगायतको टोलीले राहात वितरणमा उपस्तिथी रहेको थियो । राहात वितरण कार्यक्रम प्रदेश नम्बर २ को सप्तरी जिल्लाका ४० परिवरलाई पनि केहि दिनमा वितरण गर्ने कार्यक्रम रहेको जनाईएको छ ।

Last updated:2020 Sep 15 Tuesday 13:12:10

प्रतिक्रिया
सम्बन्धित समाचार