Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

भ्रष्ट कर्मचारीलाई गाउँपालिका अध्यक्षको संरक्षण रौतामाई भित्रको भ्रम र यर्थात

  • उपहार न्युज
  • आइतबार, भाद्र २८ २०७७
भ्रष्ट कर्मचारीलाई गाउँपालिका अध्यक्षको संरक्षण रौतामाई भित्रको भ्रम र यर्थात

विश्वराज तामाङ
भाद्र २० गते शनिवार उदयपुरको प्रसिद्ध रौतापोखरी दर्शन गर्नका लागि हामी उदयपुरमा क्रियाशिल डेढ दर्जन बढि पत्रकार अघिल्लो दिन पुगेर बसेका थियौ । रौताको लागि अघिल्लो दिन शुक्रबारनै गएर बसेकाले शनिवार गाईघाट फर्कर्ने तरखर गर्दै थियौ । मोवाइलमा घण्टि बज्यो, तपाई कता ? मैले रौता छु भने, उताबाट तपाई चाडै गाईघाट आईपुग्नु प¥यो एउटा विशेष समाचार बन्ने बिषय छ ।
ती व्यक्तिको फोन आए पछि कति वेला गाईघाट पुगौ जस्तै भयो, करिब २ बजे रौताबाट हाम्रो टोली गाईघाट प्रस्थान ग¥यौ, उखरमाउलो गर्मी छल्न रौता गएका हामी अग्रज र सहकर्मीहरु गाईघाटको लागि प्रस्थान ग¥यौ, रौताबाट गाईघाटका लागि प्रस्थान गरेका हामी त्रिनपा १५ को हुवासमा केहि समय खाजा खानको लागि रोकिने सबैको सल्लाह भयो, पत्रकार महासंघ अध्यक्ष भरत खड्का त्यो टोलीबाट छुटिएर गाईघाट प्रस्थान गर्नु भयो । बाकी हामी त्यहि थियौ, मलाई चाडै गाईघाट पुग्नु थियो मैले संगै गएका सबै संग विदा मागे चाडै घर पुग्नु छ, म संगै होटल व्यवसायी कमल मगर दाई पनि जान सहमत हुनु भयो । करिब १५÷२० मिनेट हुवासमा बसे पछि कमल दाई र म बाकी साथीहरुलाई हुवासमा छोडेर गाईघाट तिर लाग्यौ ।
करिब एक घण्टा पछि घर आईपुगे, एक घण्टा जति घरमै रेष्ट गरियो फोन गर्ने ती व्यक्ति संग साझ पख भेट भयो उनले भने रौतामाई गाउँपालिकामा औषधि खरिद प्रक्रिया अनियमितता भएछ, यो बिषयमा तपाईले बुझ्नु प¥यो मैले सहमत जनाए ।
सुरुमा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत माधव खतिवडालाई सम्पर्क गरे, तीन पटक सम्म फोन लाग्यो फोन उठेन, ती व्यक्तिले पनि त्यसरीनै पटक पटक उनलाई सम्पर्क गरेका रहेछन् तर फोन लागी हाले नउठाउने नभए फोन अफ गर्ने ।
औषधिको सूचना कुन पत्रिकामा प्रकाशन भयो, कहिले प्रकाशन भयो, कुन प्रक्रियाबाट औषधि खरिद हुदै छ यस्ता कुराहरु सोध्नु थियो तर निमित्त प्रमुख खतिवडा संग सम्पर्क हुन सकेन । औषधि खरिद प्रक्रियाको सूचना पत्रिकामा प्रकाशन गरेको भए गाउँपालिकाको वेबसाईटमा पनि प्रकाशन हुनु पर्ने हो ।
अब गाउपालिकाको वेबसाईट खोलेर हेरियो त्यहाँ पनि सूचना रहेनछ, गाउँपालिकामा कार्यरत एक कर्मचारीलाई सूचना पाटीमा हेर्न भनियो सूचना पाटीमा पनि औषधि खरिदको कुनै सूचना रहेनछ ।
गाउँपालिकाको वेबसाईटमा पनि सूचना नभए पछि गाउपालिकाका सूचना प्रविधि अधिकृत नितान्त बस्नेतलाई फोन सम्पर्क गरेर औषधि खरिद संबन्धि सूचनाको बिषयमा कुरा गरियो, उनलाई सो बिषयमा आफुलाई केहि थाहा नभएको र कुरा बुझेर फोन गर्ने बताए, केहि समय पछि उनलाई फोन गर्दा फोन अफ ।
अब गाउँपालिकाका लेखापाल भुपध्वज रायामाझी १५ दिन देखि गाउँपालिका नगई गाईघाटमै रहेको जानकारी प्राप्त भयो उनलाई सम्पर्क गरियो,
दाई रौतामाई गाउँपालिकाले औषधि खरिद सूचना प्रकाशन गरेको छ रे भोली अन्तिम दिन रे विड गर्ने कुरा के हो ? उनले सो बिषयमा आफुलाई केहि थाहा नभएको बताए, उनी संग पुरानै चिनजान भएको हिसाबले भने तपाईलाई थाहा नभए पनि संबन्धित व्यक्ति संग सोधिदिनुस न भने उनको जवाफ अब कार्यालयको कुरा मैले कसरी सोध्न मिल्छ त, उनी त्यहाँको लेखापाल उनले सो बिषयमा सोध्नै नमिल्ने भन्ने त हुन्न होला हैन भने लोक जान्ने ।
औषधि खरिद प्रक्रियाको र सूचना प्रकाशनको बिषयमा गाउँपालिकामा सम्पर्क गर्नु पर्ने सबै संग सम्पर्क गरियो कसैबाट स्पष्ट जवाफ आएन, भोली पल्ट (भाद्र २१ गते आईतबार) विहानै केहि व्यवसायीहरु सहित रौतामाई गाउँपालिका तर्फ लागियो, गाउँपालिका पुग्नै लाग्दा निमित्त प्रमुख माधव खतिवडाको फोन आयो भाई भुट्टार ( रौतामाई गाउँपालिका केन्द्र) आउदै हुनुहुन्छ रे, कहाँ आईपुग्नु भयो मैले म गाईघाटमै रहेको बताए फोन राखियो ।
पुवारे देखि निकै कष्टकरपूर्ण यात्राका साथ डेढ घण्टा लगाएर रौतामाई गाउपालिका पुगियो, त्यहाँ पुगेर स्वास्थ्य शाखाका रामनारायण चौधरी संग भेट गरियो उनले औषधिको बिषयमा आफुलाई केहि थाहा नभएको बताए । सूचना अधिकारी नितान्त बस्नेत संग भेट भयो उनले पनि सूचनाको बिषयमा आफुलाई थाहा नभएको बताए, निमित्त प्रमुख माधव खतिवडाले भाद्र ५ गते बरुवा टाइम्स दैनिक र काठमाण्डौको सिटि पोष्टमा सूचना प्रकाशन भएको र औषधि खरिद प्रक्रियामा कुनै त्रुटि नभएको बताए तर वेबसाईट र सुचना पाटीमा किन टास भएन भन्ने प्रश्नमा उनको कुनै उत्तर थिएन । उनले औषधि खरिदको लागि ६ वटा विड डकुमेन्ट विक्रि गरिएको बताए, सो बिषयको अभिलेख स्वास्थ्य शाखा प्रमुख संग रहेको बताए, आधा घण्टा अघि सम्म औषधि खरिद प्रक्रियाको बिषयमा बेखबर स्वास्थ्य शाखा प्रमुख रामनारायण चौधरीले माधव खतिवडा संग खै के कुरा गरे थाहा भएन उनैले ६ वटा सप्लायर्सले विड डकुमेन्ट किनेको अभिलेख हामीलाई देखाए । गाउँपालिका अध्यक्ष गजेन्द्र बहादुर खड्का स्वास्थ्य उपचारमा रहेकाले उप प्रमुख कुमारी रानाज्यू ठकुरी संग सो बिषयमा प्रतिक्रिया लिईयो उनलाई औषधि खरिद प्रक्रियाको बिषयमा थाहै नभएको सूचना पाटीमा शुक्रबार सम्म नदेखिएको सूचना आज देख्दा आफै अचम्मीत भएको बताए ।
केहि समय गाउपालिका बसियो, २ बजे पछि टेण्डर बदर भएको जानकारी पाईयो, सबै सूचना संकलन गरे पछि गाईघाट फर्कियौ, साझ ६ बजे गाईघाट आईपुगीयो, गाउँपालिकामा पुगेर संकलन गरिएको सूचना हेर्दैै अब समाचार लेख्न बसियो ।
समाचार लेखियो, समाचारको अन्तिम रुप दिनै लाग्दा फोनको घण्टि बज्यो, फोनमा आवाज उनै परिचित व्यक्ति गाउँपालिकाका लेखापाल भुपध्वज रायामाझीको रहेछ । उता बाट कुरा सुरु भयो भाई गाँउपालिका पुगेर आयौ , हो दाजु आईपुगियो, के के भएको रहेछ उनले आफु बेखबर र अनविज्ञ झै गरेर सोधे मैले जवाफ दिए समाचार लेख्दै छु दाई पढ्नु होला सबै कुरा त्यहि आउछ, उनले भने भाई समाचार रोक्नु प¥यो भोली विहान बसेर कुरा गरौ मैले फ्याट फोन काटे ।
५÷६ पटक फोन लगातार उनै भुपध्वजको आए पछि मैले फोन अफ गरे, मेरो फोन अफ भए पछि उनले अर्कै तिर फोन गरेछन् भनेछन् तैले विश्वराज तामाङलाई भुट्टार पठाएछस हैन ।
समाचार बनाईयो उपाहार न्यूज अनलाईनमा सार्बजनिक भयो, त्रियुगा एक्सप्रेस दैनिकमा भाद्र २२ गते प्रथम पृष्ठमा प्रकाशन भयो निमित्त प्रशासकीय प्रमुख माधव खतिवडाले सूचना लुकाएको बिषयमा समाचार सार्बजनिक भयो । समाचार सार्वजनिक भए पछि बजार तात्यो, क्रिया प्रतिक्रियाहरु आए धेरैले फोन र भेटमा धन्यवाद दिए, गाउँपालिकामा हुने गरेको विभिन्न अनियमितताहरुको सूचनाहरु आउन थाले औषधि खरिदको ३४ लाखको मात्रै हैन अरु बिषयहरुको पनि सूचनाहरु आउन थाले केहि दिन यता गाउँपालिकाको सूचना संकलन गदै बसिन्दै छ ।
समाचार प्रकाशन भएको एक साता पछि भाद्र २७ गते गाउँपालिका अध्यक्ष गजेन्द्र खड्काद्धारा हस्ताक्षरित विज्ञप्ती एक बर्ष अघिको मितिमा प्रकाशन भयो, स्रोत भन्छ उक्त विज्ञप्ती पनि गजेन्द्र खड्का आफुले नभएर एक पत्रकारलाईनै लेख्न लगाएको रे विज्ञप्तीको मिति एक बर्ष अघिको रहेछ २०७६ भाद्र २७ ठूलो त्रुुटि हैन सामान्य नै हो, सरर विज्ञप्ती पढियो, विज्ञप्ती अपेक्षा गरिए विपरित पाईयो । गाउँपालिकाले विज्ञप्ती जारी गर्नु स्वभाविक पनि हो नौलो कुरा त रहेन, आशा थियो गाउँपालिका अध्यक्षले जारी गरेको विज्ञप्ती पक्कै पनि अनियमिततामा संलग्न कर्मचारीलाई कार्वाहिको दायरामा ल्याउने छन्, तर त्रियुगा एक्सप्रेस दैनिक पत्रिका प्रकाशित समाचार कपोकल्पीत छ, गाउँपालिका माथिको आरोप हो आरोप पुष्टि गर्ने चेतावनी यस्तै यस्तै बिषयको विज्ञप्ती जारी भयो ।
अव विज्ञप्तीमा उल्लेख गरिएको बिषयमा कुरौ गरौ
(१) विज्ञप्तीमा उल्लेख गरिएको कर्मचारी र जनप्रतिनिधिबाट हुदै नभएको भ्रष्टचारको काल्पनीक समाचार तयार भयो रे, भ्रष्टचार काल्पनीक हो कि यथार्त हो ३४ लाखको औषधि खरिद काण्डबाट बिषय उजागर गरियो सूचनाहरु संकलन हुदै छ केहि दिनमा प्रमाण सहितको समाचार सार्बजनिक गरौला ।
(२) सुशासन पार्दर्षिता र जवाफदेहिताको लागि प्रतिबद्ध गाउँपालिकाले आर्थिक बर्ष २०७६÷०७७ मा कति पटक सार्वजनिक सुनुवाई ग¥यो, सामाजिक परिक्षण कति पटक भयो, आफुले गरेको कामको विवरण जनता माझ कति पटक सार्वजनिक ग¥यो ?
(३) औषधि खरिदको ३४ लाखको सूचना भाद्र ५ गते स्थानिय बरुवा टाइम्स दैनिक र काठमाण्डौको सिटि पोष्ट दैनिकमा प्रकाशित भएको रहेछ, स्मरण रहोस भाद्र १२ गते सम्म उदयपुर निषेधाज्ञा रह्यो, भाद्र २४ गते सम्म काठमाण्डौ अब ति पत्रिकाहरुको सर्कुलेशन कहाँ कहाँ भयो होला, कति पाठकले पत्रिका पाए होला आखिर पत्रिकामा सूचना प्रकाशन गरे एउटा प्रक्रिया पु¥याउने काम मात्रै भएको हो की हैन । गाउँपालिकाको सूचना पाटीमा भाद्र २६ गते शुक्रबार सम्म नटासिएको सूचना आईतबार एकाएक कहाँबाट आयो, वेबसाईटमा सूचना किन अपडेट गरिएन ?
(४) सूचनाको आधारमा ६ वटा सप्लायर्सले विड डकुमेन्ट खरिद गरेको गाउँपालिकाले जारी गरेको विज्ञप्तीमा उल्लेख गरेको छ विड डकुमेन्ट खरिद गर्ने ती सप्लायर्स टेण्डर हाल्न किन आएनन्, कहाँ चुके ती सप्लायर्सहरु कस्ले रोके कहाँ रोकियो ती सप्लायर्सहरु, विड गर्ने अन्तिम मिति भन्दा अघिल्लो दिन काठमाण्डौबाट औषधि सहितको गाडि रौतामाईको औषधि भन्दै गाईघाट आईपुगे आखिर टेण्डरको प्रक्रियानै पुरा नगरी किन एक गाडि औषधि काठमाण्डौबाट हतारिएर गाईघाट आईपुगेको हो ।
(५) गाउँपालिका अध्यक्षलाई औषधि खरिदको बिषयमा फोन गर्दा आफुलाई सो बिषयमा केहि थाहा नभएको माधव खतिवडालाई सम्पर्क गर्नु भन्ने, भाद्र २७ गते साझ सूचना प्रविधि अधिकृत नितान्त बस्नेत संग सूचनाको बिषयमा फोन सम्पर्क गरियो विज्ञप्तीमा लेखिन्छ अध्यक्ष र सूचना अधिकारीलाई कुनै औपचारिक सूचना माग गरिएन रे यो त सरम लाग्नु पर्ने कुरा भएन र ?
(६) गाउँपालिकामा कर्मचारीबाट हुने गल्ती कमी कम्जोरीको प्रश्न र अनियमितताको बिषय संचारमाध्यममा उठ्दा गाँउपालिका सच्चीनु पर्ने हो की गाउँपालिकाको बेइजत र मानहानी हुने हो यो आम नागरिकले बुझ्ने कुरा हो ।
अनियमितताको प्रमाण सहित समाचार प्रकाशन गर्दा पत्रकारिता तथा पत्रकारको आचरण, मुल्यमान्यता र गरिमाको वर्खीलाप हुन्छ कि पेशागत धर्म भित्र पर्छ अध्यक्ष ज्यू ।
(७) समाचार प्रकाशन गरेको तीन दिन पछि पुन पालिका केन्द्र भुट्टार पुगियो केहि स्वास्थ्य संस्थाहरुमा गएर औषधिको अबस्थाको बिषयमा बुझियो, केहि थरी औषधि बाहेक अधिकांस औषधिहरु अझै पनि ५÷६ महिनाको लागि पुग्ने छ स्वास्थ्यकर्मीहरुले भन्नु भयो ५÷६ महिनाको लागि पुग्ने औषधि हुदा हुदै औषधि खरिद गर्न किन यति हतार हो । जनताले औषधि पाउनु हुन्न भन्ने हाम्रो भनाई हैन तर औषधि हुदा हुदै किन हतारो यो त ढोका हुदा हुदै झयालबाट छिर्न खोजे जस्तो भएन र ?

विरामी उपचारको लागि भन्दै केहि समय देखि गाउँपालिका अध्यक्ष गजेन्द्र बहादुर खड्का काठमाण्डौमा रहनु भयो, अध्यक्ष ज्यूलाई सिघ्र स्वास्थ्यलाभको कामना पनि छ । तर उपचारको लागि काठमाण्डौमा रहेका अध्यक्ष खड्का पटक पटक सामान्य प्रशासन मन्त्रालय कर्मचारी प्रशासन शाखामा हालै मात्र रौतामाई गाउँपालिकाको लागि तोकिएका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर वनको सरुवा बदर गर्न उद्दत रहनु भयो ।
उपचार भन्दै एउटा कर्मचारीको सरुवा बदर गर्न तर्फ उन्मुख हुने, आखिर किन एउटा कर्मचारी देखि तर्सिनु पर्ने यसको उत्तर जनतालाई चित्त बुझ्ने गरी तपाईले दिनै पर्छ अध्यक्ष ज्यू हेक्का रहोस जनता अब लाटो छैनन्
तपाई जस्तै जनप्रतिनिधिका कारण आज जनताले वलिदानी दिएर परिवर्तन गरेको शासन व्यवस्था प्रति आम नागरिक निराश छन् ।
रौतामाई गाउँपालिका भित्र भएका गलत गतिविधिको बिषयमा कुनै कर्मचारीले कुरा उठान गर्दा विकट ठाउँमा काज सरुवा गर्ने, विभिन्न उपभोक्ता समिति तथा योजना दिईएको स्थानहरुबाट तपाईको कर्मचारी माधव खतिवडाले रकम असुल गर्ने, गोर्बे सल्लो गाउँपालिका भरी बाड्ने योजनामा कामै नगरी पाँच लाख रुपैया भुक्तानी गर्ने अनि तपाई हामीलाई चुनौती दिने यी र यस्ता थुप्रै कर्तुतहरु अब चरणबद्ध रुपमा सार्वजनिक गर्नु पर्ने छ ।
अन्तमा आम पाठक तथा शुभचिन्तकहरुलाई विचलित नुहन आग्रह छ, यहाँहरुले उपलब्ध गराउदै आउनु भएको सूचनाहरु सुरक्षित संकलन गर्दै छौ, गाउँपालिका भित्र भईरहेको अनियमितताको उजागर र भण्डाफोर गर्नै पर्छ हामी कुनै पनि हालतमा कसैको दबाब,प्रभाव र प्रलोभनमा पर्ने छैनौ । रौतामाई गाउँपालिकाबासीलाई आग्रह छ आनुहोस रौतामाई संग भाकल गरौ कसम खाऔ पालिका भित्र भए गरेका अनियमिता र भ्रष्टचार जरै देखि उखेलेर फ्याकौ । तपाईहामीले चयन गरेको जनप्रतिनिधिहरु कतै गलत बाटोमा जादै छैनन्, तपाईहाम्रो गाउको विकासको बजेट कति दुरुपयोग भए, हाम्रा जनप्रतिनिधि भ्रष्ट मानसिकता बोेकेका कर्मचारीको चंगुलमात फस्दै छैनन्, यो समय भनेको रौतामाई गाउँपालिकालाई सुधार गर्ने समय हो यो समयमा पनि तपाई हामी नलागे कहिले लाग्ने । म एक जिम्मेबार नागरिक भएको हिसाबले आग्रह गर्दछु रौतामाई गाउँपालिकाको बदनामी र बईजती गर्ने कुनै मनसाय हैन तर जनप्रतिनिधिलाई जिम्मेबार बनाउने र गाउँपालिकालाई सुशासनमैत्री बनाउने यो अभियानमा हातमा हात जुटाउ होस्टेमा हैसै गरौ । रौतामाई गाउँपालिका भित्रका काला कर्तुतहर चरणबद्ध सार्वजनिक गर्दै जाने प्रतिबद्धता छ । धन्यवाद

Last updated:2020 Sep 13 Sunday 07:25:10

प्रतिक्रिया
सम्बन्धित समाचार