शंकर रिखाम मगर मुर्कुची,भदौ १३। उदयपुरको रौतामाइ गाउपालिकाको नमुना मावि मुर्कुचिमा नयाँ निर्मित भवन आउने भदौ १५ गते दिउँसो १ वजे उद्घाटन हुने तयारी भएकोछ ।
कोरोना भाइरसको माहामारिवाट वच्न सुरक्षाका उपायहरु अवलम्वन गर्दै, सामाजिक दुरि कायम राखी उक्त उद्घाटन समारोहमा प्रमुख अतिथी प्रदेश नम्वर १ का माननीय नारायणवहादुर वुर्जा मगर र रौतामाइ गाउपालिका अध्यक्ष गजेन्द्रवहादुर खड्काको संयुक्त उपस्थितिमा उद्घाटन गरिने तयारी गरिएकोछ ।

उक्त भवन निर्माणको लागि पहिलो तलालाइ प्रदेश सरकारवाट १० लाख रुपैयाँ र दोस्रो तला निर्माणको लागि रौतामाइ गाउपालिका अन्तर्गत भौतिक निर्माण पुर्वाधार तर्फवाट १६ लाख गरि २६ लाख रुपैयाँ वरावर र नपुग थप रकम विद्यालयवाटनै खर्च गरिएको विद्यालायका प्राचार्य खड्गवहादुर थापा मगरले वताए ।