उपाहार न्यूज
उदयपुर श्रावण ३२
उदयपुर कोभिड १९ अस्पताल बाट आईतबार एक जना डिस्चार्ज भएका छन् । वेलका नगरपालिका ९ का एक पुरुष कोभिड अस्पतालबाट डिसचार्ज भएका भएका हुन् । उनलाई चौदण्डिगढि नगरपालिका नगर प्रमुख खगेन्द्र राईले खादा लगाएर सम्मानपूर्वक विदाई गर्नु भयो । कोभिड अस्पतालमा हाल सम्म ४८ जना भर्ना भएका मध्ये २८ जना घर फर्कि सकेको कोभिड अस्पताल इन्चार्ज तेजबहादुर पोख्रेलले जानकारी दिनु भयो ।
कोभिड अस्पतालमा हाल त्रियुगा नगरपालिकाका ३ महिला र ७ पुरुष सहित १० जना, वेलका नगरपालिकाका ४ महिला र ४ पुरुष सहित ८ जना, चौदण्डीगढी नगरपालिकाको १ महिला र खोटाङ दिप्रुङ चुइचुम्मा गाउँ पालिकाका १ पुरुष सहित २० जना रहेका छन् ।