Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

पत्रकार बानियाँको रहस्यमयी मृत्युको गम्भीरतापूर्वक छानविन हुनुपर्छ : पोख्रेल

  • उपहार न्यूज
  • शुक्रबार, साउन ३० २०७७
पत्रकार बानियाँको रहस्यमयी मृत्युको गम्भीरतापूर्वक छानविन हुनुपर्छ : पोख्रेल
दाङ,३० साउन । नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बिपुल पोख्रेलले पत्रकार बलराम बानियाँको रहस्यमयी मृत्युको गम्भीरतापूर्वक छानविन गर्न माग गरेका छन ।
रेडियो कार्यक्रम ‘शान्त तलाउ’को समिक्षात्मक कार्यक्रममा शुक्रवार तुलसीपुरमा बोल्दै केन्द्रीय उपाध्यक्ष पोख्रेलले उनको मृत्युलाई स्वभाविक मान्न सकिने कुनै पनि ठाउँ नभएको भन्दै मृत्युबारे छानविन गरेर सत्यतथ्य बाहिर ल्याउन राज्यसँग माग गरेका हुन् ।
‘निष्ठापूर्वक २५ बर्षभन्दा लामो समय पत्रकारिता गरेका व्यक्तिको यसरी रहस्यमय ढंगले मृत्यु हुनु नेपाली समाजका लागि चुनौती हो’–घट्नाको चित्रण गर्दा खोलामा जुत्ता अट्किएर दुर्घटना भएको भनिएको सन्दर्भप्रति संकेत गर्दै पोख्रेलले भने–‘राजधानीमै यस्तो अवस्था छ भने दुरदराजका बासिन्दाहरु जोखिमपूर्ण अवस्थासँग जुध्दैछन् भन्ने कुराको अनुमान लगाउन सकिन्छ ?’
उपाध्यक्ष पोख्रेलले रहस्यमय ढंगले र अनाहकमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न राज्यका सवै संमयन्त्रहरु गम्भीर हुनुपर्ने बताए । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सचिव समेत रहेका बानियाँ कान्तिपुर दैनिकको सहायक सम्पादकका रुपमा कार्यरत रहेका थिए । बानियाँको शव साउनको २८ मकवानपुरको सिस्नेरीस्थीत मान्डु जलविद्युत परियोजनाको क्षेत्रमा फेला परेको थियो ।

Last updated:2020 Aug 14 Friday 13:05:09

प्रतिक्रिया
सम्बन्धित समाचार