उपाहार न्यूज
उदयपुर श्रावण २९
कोरोना भाईरस समुदाय स्तरमा फैलिए पछि उदयपुरका तीन नगरपालिकामा स्थानिय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । जिल्ला मालपोत कार्यालयमा कार्यरत तीन कर्मचारी र कर्मचारीका परिवार सहित ७ जनामा कोरोना संक्रमण पुष्टि भए संगै थप सतकर्ता अपनाउनका लागि बिहिबारबाट निषेधाज्ञा लागु गरिएको हो । उदयपुरको त्रियुगा, चौदण्डिगढि र बेलका नगरपलिका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताउनु भयो ।
जिल्ला विपद व्यवस्थापन समितिको निर्णय अनुसार जिल्लाका तीन नगरपालिका निषेधाज्ञा जारी भए पछि बिहिबार बिहानबाट उदयपुरमा कडाई गरिएको छ । अत्यावश्यक वाहेका सार्वजनिक तथा व्यक्तिगत सवारी साधन पूर्ण तया ठप्प, अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कनको लागि प्रशासनले आग्रह गरेको छ । निषेधाज्ञाको पहिलो दिन उदयपुरको त्रियुगा नगरपालिका, चौदण्डिगढि नगरपालिका र वेलका नगरपालिका विहानै देखि सुनसान रहेका छन् । यता निषेधाज्ञाका विच खाद्यन्न पसलहरु भने विहान ९ देखि १२ बजेको समयमा खुल्न पाउने र त्यस समयमा अनावश्यक भिड नगर्नका लागि प्रशासनले नागरिकहरुलाई आग्रह गरेको छ ।