Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

प्राकृतिक दोहन रोक्दै उदयपुर प्रहरी, सात ट्याक्टर नियन्त्रणमा

  • उपहार न्यूज
  • मंगलबार, साउन २० २०७७
प्राकृतिक दोहन रोक्दै उदयपुर प्रहरी, सात ट्याक्टर नियन्त्रणमा

उपाहार न्यूज
उदयपुर श्रावण २०
जिल्ला प्रहरी कार्यालय उदयपुर जिल्ला भित्र हुने प्राकृतिक दोहन रोक्ने अभियानमा लागि परेको छ, जिल्ला भित्रका विभिन्न स्थानमा प्राकृतिक दोहन भैरहेको भन्ने जानकारीको आधारमा प्रहरीले सोमबार राती उदयपुर गढि ७ बाट अवैध रुपमा ढुंगा, गिटि दोहन गरिरहेको सात ट्याक्टर नियन्त्रणमा लिएको छ ।
रातको समयमा खोलाबाट अबैध रुपमा बालुवा, गिटी, ढुंगा चोरी निकासीको लागि लुकिछिपि रहेका सात ट्याक्टर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरिक्षक भिम बहादुर दाहालले जानकारी दिनु भयो ।
प्रहरीले स १ त ४९८२, स १ त ४७११, स १ त ६९९४, स १ त ७४०० स १ त ५०२७, स १ त ७००९ र एक अन टेष्ट सहित ७ ट्याक्र नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुकार प्रहरी निरिक्षकको कमाण्डमा रहेको टोलीले ट्याक्टर नियनत्रणमा लिएर आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Last updated:2020 Aug 04 Tuesday 14:41:10

प्रतिक्रिया
सम्बन्धित समाचार