सुमनसागर खतिवडा
वेलका श्रावण २०
वेलका नगरपालिका भित्र भ्रष्टचार र अनियमितता भएको भन्दै संघर्षरत नेपाली कांग्रेस सहितका ६ दलले मंगलबार साझ बेलका नगरपालिका रामपुर बजारमा राके जुलुस प्रदर्शन गरेको छ । नगरपालिका भित्र भ्रष्टार भएको भन्ने नगर उप प्रमुखले विभिन्न संचार माध्यमबाट सार्वजनिक अभिव्यक्ति दिदा पनि नगरपालिका प्रमुखले छानविको लागि आवश्यक वातवरण सृजना नगरेको भन्दै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस सहित राजैनितक दल र स्थानिय नागरिकहरु सडक संघर्षमा उत्रिएका हुन् ।
वेलका नगरपालिका भित्र भएको अनियमितताको छानविनको माग राख्दै नगरपालिकामा धर्ना, ज्ञापन पत्र बुझाउदा पनि नगर प्रमुखले आफुहरुको मागलाई वेवास्ता गरे पछि संघर्षको कार्यक्रम सुरु गरेको नेपाली कांग्रेस बेलका नगरपालिका सभापती सुसिल सेढाईले बताउनु भयो ।
मंगलबार करिब पाँच सयको हारहारीमा स्थानिय नागरिकहरुले वेलका नगरपालिका स्थित रामपुर बजारमा राके जुलुस सहित प्रदर्शन गरेका छन् । यता आईतबार वेलका नगरपालिकामा वृहत विरोध सभा सम्पन्न भएको छ, सो क्रममा नगरपालिकामा तालाबन्दि गर्न जाने क्रममा प्रदर्शनकारी र प्रहरी विच झडप हुदा दुवै तर्फका गरी आधा दर्जन घाईते भएका थिए ।
वेलका नगरपालिकामा नागरिकहरु विभिन्न माग राख्दै चरणबद्ध संघर्षमा उत्रिदा नगर प्रमुखभने सामाजिक संजालमा आफ्नो अहमता सहितको निरन्तर अभिव्यक्ति दिई रहेको प्रति नागरिक स्तरमा आक्रोस सृजना भएको वेलकाका स्थानिय प्रेम अधिकारीले बताए ।