Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

माक्स प्रयोग अनिवार्य जनचेतना संगै जरिवाना अभियान

  • उपहार न्यूज
  • मंगलबार, साउन २० २०७७
माक्स प्रयोग अनिवार्य जनचेतना संगै जरिवाना अभियान

उपाहार न्यूज
उदयपुर श्रावण २०
कोरोना भाईरसको संक्रमण दिनदिनै बढ्दै जाँदा सर्वसाधरणमा माक्सको अनिवार्य प्रयोग गर्न सरकारले आग्रह गरे संगै उदयपुरमा पनि माक्स प्रयोगमा कडाई गर्न सुरु गरिएको छ । मंगलबार उदयपुर सदरमुकाम गाईघाटमा माक्स प्रयोगमा कडाई गर्न सुरु गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक भिम दाहाल सहितको टोलीले त्रियुगा नगरपालिका परिसरबाट नगर क्षेत्रमा अनिवार्य माक्स प्रयोगको लागि सर्वसाधरणमा जनचेतना अभियान संगै जरिवना समेत गरिएको छ । जिल्ला प्रहरी उपरिक्षक भिम दाहाल, प्रहरी नायव उपरिक्षक गोविन्द पुरी, साहयक प्रमुख जिल्ला अधिकारी ससीकुमार लम्साल, त्रियुगा नगरपालिका योजना प्रमुख दिनेश शिवाकोटी, त्रियुगा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष रमेश विश्वकर्मा, त्रियुगा नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष प्रकास कुमार खड्का लगायत जनप्रतिनिधिको टोलीले नगर क्षेत्रमा सर्वसाधरणहरु माझ जनचेतना संगै जरिवाना गरिएको हो ।
नागरिक स्तरमा माक्सको प्रयोग बढाउन र कोरोना संक्रमणको रोकथामको लागि सचेतनाको लागि नागरिकमा जरिवाना सहितको अभियान संचालन गरेको प्रहरी उपरिक्षक भिम बहादुर दाहालले बताउनु भयो । सुरक्षा निकायबाट अनिवार्य माक्सको प्रयोगका लागि गरिएको आग्रह नागरिकहरुले पनि स्वीकारेको साहयक प्रमुख जिल्ला अधिकारी ससीकुमार लम्सालले बताउनु भयो ।
गाईघाट बजारका विभिन्न स्थान संगै भिडभाड हुने स्थान तरकारी बजार लगायतका विभिन्न स्थानमा पुगेर नागरिकलाई अनिवार्य माक्सको प्रयोग गर्नका लागि आग्रह गरिएको त्रियुगा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष रमेश विश्वकर्माले बताउनु भयो ।
प्रहरीले नागरिकहरुलाई माक्स वितरण गर्दै माक्स प्रयोग नगर्नेलाई जरिवाना समेत गरेको थियो, नागरिक स्तरमा सचेतनाको लागि यस्तो अभियान गरिएको त्रियुगा नगरपालिकाका योजना प्रमुख दिनेश शिवाकोटीले बताउनु भयो । केहि दिन अघि जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदी सहितको टोलीले पनि गाईघाट बजार क्षेत्रका विभिन्न होटल तथा खाजा पसलहरुमा माक्स प्रयोगमा ल्याउनका लागि अभियान संचालन गरेको थियो ।

Last updated:2020 Aug 04 Tuesday 14:01:07

प्रतिक्रिया
सम्बन्धित समाचार