Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरको भालुखोपबाट दुई युवा पक्राउ

  • उपहार न्यूज
  • सोमबार, साउन १२ २०७७
उदयपुरको भालुखोपबाट दुई युवा पक्राउ

उपहारन्यूज-
उदयपुर, साउन १२ ।
ज्यान मार्ने उद्योगअन्तर्गत मुद्धा फैसला हुदा दोषी ठहरीएपछि भागेका दुईजना पक्राउ परेका छन् । जिल्ला अदालत उदयपुरले २०७१ साल कात्तिक नौ गतेको फैसलामा दाबी सत्य भएपछि उनीहरु सम्पकबिहीन भएका थिए ।

पक्राउ पर्नेमा उदयपुरको चौदण्डीगढी नगरपालिका १ भालुखोपका २८ वर्षीय धनबहादुर राई र सोही ठाउँका २५ वर्षीय अमर राई रहेका छन् । उनीहरुलाई ज्यान मार्ने उद्योग मुद्धामा जनही ५, ५ बर्ष कैद सजाय सुनाइएको थियो । लामो समयदेखि लुकीछिपी बस्दै आएका उनीहरुलाई विशेष सुराकीले दिएको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेल्टारको टोलीले पक्राउ गरेको हो ।

Last updated:2020 Jul 27 Monday 12:17:15

प्रतिक्रिया
सम्बन्धित समाचार