Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

होटलव्यवसायीद्वारा शनि मन्दीरलाई कल र मोटर प्रदान

  • उपहार न्यूज
  • आइतबार, साउन ११ २०७७
होटलव्यवसायीद्वारा शनि मन्दीरलाई  कल र मोटर प्रदान

उपहारन्यूज-
उदयपुर, साउन ११ ।
सदरमुकाम गाईघाटबजारस्थित शनिदेव मन्दिरलाई स्थानीय दुई युवाले आवश्यक भौतिक सामग्री उपलब्ध गराएका छन् । मन्दिरमा आउने भक्तजनहरुका लागि पानी अभाव भएको गुनासो आएपछि व्यवस्थापन समितिको आग्रहमा एक थान कल र मोटर उपलब्ध भएको हो ।

मन्दिर स्थापनाको निकै लामो समय बितेपनि भौतिक पूर्वाधारमा कमी भएकाले पूजाआजा गर्न आउनेहरुलाई समस्या पर्ने गरेको व्यवस्थापन समितिमा आबद्ध स्थानीय युवा समाजसेवी राजकुमार शर्माले जानकारी दिए । ‘कल र मोटर आयो’ शर्माले भने, ‘अब पानी व्यवस्थापनमा सहज हुनेभो ।’

मन्दिरलाई सहयोग उपलब्ध गराउने इश्वरमान राई र सुरज साह दुवै युवा गाईघाटको डिएमगेटमा अवस्थित होटल टाउन हल रेस्टुरेन्ट एण्ड पार्टी प्यालेसका सञ्चालक हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार