उपाहार न्यूज
उदयपुर श्रावण ८
वेलका नगरपालिका उदयपुर भित्र हुने गरेको अनियमितता यति वेला सामाजिक संजालमा छताछुल्ल भएको छ । नगरले उत्पादनमा हाम्रो साथ बस्दिन म खाली हात भन्ने नारा राख्दै जनतालाई भ्रममा पार्दै खोक्रो नाराको भरमा चरम भ्रष्टचार हुने गरेको तथ्य सार्वजनिक भएको हो ।
यसको पछिल्लो दृष्टान्त वेलका नगरपालिका उदयपुरका उप प्रमुख राजकुमारी चौधरीले सामाजिक संजाल मार्फत असुन्तष्टि व्यक्त गरेकि छिन् । विगत बर्ष देखि नगरपालिका भित्र एउटा पंखा देखि स्काभेटर सम्म खरिदमा भ्रष्टचार हुने गरेको उनले बताईने । उनले बुधबार राती सामाजिक संजालमा लेखेकि छिन् “उप मेयर पद पार्टिलाई हस्तान्तरण गर्न चाहान्छु जनता संग माफि माग्न चाहान्छु कालो कर्तुतहरुको विषयमा कार्यन्वयन हुदैन धिकार छ दुई तिहाइ सरकार” उनले लेखेकि छिन् ।

सामाजिक संजालमा उप मेयर चौधरीको असुन्तोष्टि सार्वजनिक भए पछि थप जानकारी लिनका लागि सम्पर्क गर्दा उनले नगरपालिका भित्रका कर्मचारीले भित्र भित्रै भ्रष्टचार गर्दा पनि नगर प्रमुखले वचाउ गर्दै आएको बताईन् । आफुले नगर भित्र भएका भ्रष्टचार र अनियमितताको बिषयमा लिखित जानकारी गराउदा निवेदन डष्टविनमा फ्याकिने गरेको उनले गुनासो गरिन् ।
जनतालाई सुख र सुविधा दिनका लागि चुनेर पठाए तर जनताको लागि आएको बजेटको चरम लापारर्वाहि हुदाँ नगर प्रमुखले संरक्षण गर्नु हुन्छ, मेरो कुनै कुरा सुनुवाई भएन त्यहि भएर राजिनामा घोषणा गरेकि हु चौधरीले भनिन् । अव जनताले राख्छन् भने बस्छु नभए बस्दिन नगर भित्र भएको भ्रष्टचारको चिरफार गर्न म अघि बढि सके चौधरीले भनिन् । यता यो समाचार तयार पार्दा सम्म यस विषयमा थप जानकारी लिनको लागि वेलका नगरपकालिका प्रमुख दुर्गाकुमार थापा संग सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।